२३ बैशाख २०८१, आईतवार
नगरपालिका विरुद्ध कोहलपुर उधोग बाणिज्य सघको आपत्ती

आयोजक उद्योग वाणिज्य संघले फागुन १० गते महोत्सव आगामी फागुन १७ गतेसम्म समय थप गर्नको लागि अनुमति मागेको थियो


  • टाइम्स संवाददाता

  • १४ फाल्गुन २०७९, आईतवार २०:३३

कोहलपुर ,बांके: कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सव २०७९ समापन भए सङै कोहलपुर उधोग बाणिज्य संघले कोहलपुर नगरपालिका विरुद्ध आफ्नो धारणा सार्बजनिक गरेको छ।

कृषि,पर्यटन र उद्योगको आवश्यकता  व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित संघको बहुआयमिक भवन निर्माणार्थ महोत्सव सञ्चालन गरिएको थियो । महोत्सव समापनसँगै कोहलपुर उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष लक्ष्मणराज पौडेलद्धारा जारी विज्ञप्तिमा स्थानीय सरकारले सिर्जना गरेको प्रतिकूलताका कारण महोत्सव समापन गर्न बाध्य भएको उल्लेख गरिएको छ ।
‘ व्यवसायिक क्षेत्रको प्रवद्र्धनको लागि आयोजना गरिएको महोत्सव स्थानीय सरकारले प्रतिकूल हुनेगरी निर्णय सकारात्मक छैन संघको भनाइ रहेको छ। महोत्सवलाई पूर्ण रुपमा असहयोग गरियो जारी बिग्यप्तिमा भनिएको छ स्थानीय सरकारको यस्तो कार्य सम्पादनप्रति उद्योग व्यवसायी मात्र नभएर नगरबासी मर्माहत भएका छन् ,’ उक्त विज्ञप्तिमा भनिएको छ । स्थानीय सरकार समग्र उद्योगी व्यवसायीरुको हकहितमा कति संवेदनशिल रहेछ भन्ने पनि कोहलपुर नगरपालिकाको कार्यशैली पदीय जिम्मेवारीको चरम दुरुपयोगबाट प्रष्ट भएको छ जारी बिज्ञप्तीमा भनिएको छ।
यस्तै स्थानीय सरकारको त्रुटीगत निर्णयका कारण महोत्सवबाट संकलित आम्दानीबाट संघको बहुआयामिक भवन निर्माणलाई पूर्णता दिने उद्देश्य प्राप्ति हुन नसक्ने अवस्था आएको अध्यक्ष पौडेलले बताएका छन् ।

यसैगरी निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य संघको अनुरोधलाई व्यवस्ता गरी गैर जिम्मेवारपूर्ण तरिकाबाट स्थानीय सरकारको पूर्वाग्राही ढंगबाट गरेको निर्णयप्रति खेद प्रकट गरेको छ। आयोजक उद्योग वाणिज्य संघले फागुन १० गते महोत्सव आगामी फागुन १७ गतेसम्म समय थप गर्नको लागि अनुमति मागेको थियो ।


  • कोहलपुर नगरपालिका मेला महोत्सव व्यवस्थापन कार्यविधि २०७९, मेला महोत्सव व्यवस्थापन समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा फागुन ११ गते बसेको बैठकले मेलाको समय थप नगर्ने निर्णय गरेको हो । मेला रोकिएपछी कोहलपुरका ब्यापारीहरुले मिश्रीत  प्रतिक्रिया दिएका छ्न।
Nabintech