५ जेष्ठ २०८१, शनिबार
कर्णालि डिस्टिलरीको फोहरले वातावरणमा प्रतिकुल स्थानिय प्रताडित

खजुरा गाउँपालिका क्षेत्रभित्र पर्ने सैनिक, के गाउँ, ए गाउँ, सितापुर, राधापुर गाउँमा समेत क्षति


  • टाइम्स संवाददाता

  • १५ फाल्गुन २०७९, सोमबार १५:४८

 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिका वडा नं. ४ मा सञ्चालित कर्णाली डिष्टिलरी प्रालिबाट निस्कने फोहोरको प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानव जीवनमा प्रतिकूल असर पारेको छ ।

स्थानीय किसानले लगाएको कृषि बालीलाई क्षति गरेको छ भने त्यस आसपासका नागरिकलाई त्यसबाट निस्कने फोहरको दुर्गन्धले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुर्याएको छ । मदिरा उद्योगबाट निस्कने फोहरलाई सिधै किरण नालामा खसाउँदा वातावरण नै प्रदुषित बनेको छ ।

कर्णाली डिष्टिलरीबाट निस्किने तरल पदार्थ व्यवस्थापन गर्नका लागि जानकी गाउँपालिकामा रहेको किरण नालामा सिधै खसाउने गरेको पाइएको छ । डिष्टिलरीको क्यानल सिधा आएर किरण नालामा लिकं छ । स्थानीयहरु डिष्टिलरीबाट निस्किने दुर्गन्ध र प्रदुषित पानीले निकै समस्या पारेको बताउँछन् । किरण नालामा बगाएको फोहोर पानी पशुहहरुले खाँदा पशुहरुमा रोग लाग्ने, विरामी पर्ने गरेको साथै खेतबारीमा लगाएको कुनै पनि अन्नवाली नहुने गरेको खजुरा गाउँपालिका ४ का तिलकबिर सुनार बताउँछन् ।

रक्सी फयाक्र्टीबाट निस्केको गन्धले टाउको दुख्ने स्थानीयहरु बताउँछन् । जानकी गाउँपालिका वडा नम्बर ४ खजुराखुर्दकी सुनिता मिश्र गाउँपालिकाले समेत यसमा केही पहल नगरेको आरोप लगाउँछिन् । खजुरा गाउँपालिका क्षेत्रभित्र पर्ने सैनिक, के गाउँ, ए गाउँ, सितापुर, राधापुर गाउँमा समेत क्षति पुर्याएको स्थानीयहरु बताउँछन् ।

स्थानीय जनताहरुको गुनासो आएपछि कर्णाली डिष्टिलरीमा अनुगमन र निरीक्षणमा गएको समयमा जनताले भनेजस्तै समस्या देखिएको जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव बताउँछिन् । उपाध्यक्ष यादवले कर्णाली डिष्टिलरीका प्रबन्धकले आउने दिनमा डिष्टलरीबाट निस्कने फोहरलाई राम्रोसँग व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइन् । व्यवस्थित नगरेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए वमोजिम कानुनी प्रक्रिया अगाडि बढाइने समेत उपाध्यक्ष यादव बताउँछिन् ।

पालिकाबाट उपाध्यक्ष रामप्यारी यादवको नेतृत्वमा गएको अनुगमन टोलीसँग गएका पत्रकारहरुले जनगुनासोको बारेमा केही धारणा राखिदिन आग्रह गर्दा पनि कर्णाली डिष्टिलरीका प्रबन्धक लेखेन्द्र पाण्डे भने बोल्नै चाहेनन् ।

 

Nabintech