५ जेष्ठ २०८१, शनिबार
विकासमा कसैले राजनीति गर्न नहुने: मन्त्री कृष्णा केसी

नेपालमा मात्र नभएर विदेशी भूमीमा समेत मगर समुदायको आफ्नै प्रतिष्ठा


  • टाइम्स संवाददाता

  • १५ फाल्गुन २०७९, सोमबार १९:१३

खजुरा, बाँके: लुम्बिनी प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी ले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ । आज खजुराको सैनिकमा ४१औं मगर संघ स्थापना दिवस तथा मगर एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री केसिले सो कुरा बताउनुभएको हो ।

‘विकासमा राजनीति होइन, सबैको सहकार्य अहिलेको आवश्यकता हो’ उहाँले भन्नुभयो, ‘म पनि जुनसुकै राजनीतिक दलमा रहेपनि विकासमा राजनीति गर्दैन । ‘खजुरा क्षेत्र मेरो राजनीतिको आधारभूमी समेत हो । मैले खजुराबाट नै राजनीति सुरु गरेकी हुँ’ उहाँले भन्नुभयो, ‘खजुरा क्षेत्रको बारेमा म जानकार छु । स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर यहाँको विकासको लागि पहल गर्छु ।’ आफु अहिले केही गर्नसक्ने स्थानमा पुगेको भन्दै मन्त्री केसीले खजुरासहित बाँकेको लागि आफुले गर्नसक्ने भूमिका निभाउन तयार रहेको बताउनुभयो । ‘अहिले म केही भएपनि गर्नसक्ने ठाउँमा पुगेकी छु ।

सबैको सहकार्यमा म काम गर्छु’ उहाँले भन्नुभयो, ‘खजुराको स्थानीय सरकारले गर्न नसक्ने काम प्रदेशबाट गर्न तयार छु । प्रदेशबाट पनि हुन नसक्ने कामको समन्वय संघीय सरकारसँग गरेर गर्ने प्रतिवद्धता जनाउन चाहान्छु ।’ अर्को प्रसंगमा मन्त्री नमुनाले नेपालमा अहिलेको व्यवस्था परिवर्तनमा मगर समुदायको समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । ‘नेपालमा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनमा मगर समुदायको भूमिका हामीले बिर्सन हुँदैन’ उहाँले भन्नुभयो, ‘प्रजातन्त्रदेखि गणतन्त्र आउँदासम्म उहाँहरुको भूमिका धैरे छ ।’ नेपालमा मात्र नभएर विदेशी भूमीमा समेत मगर समुदायको आफ्नै प्रतिष्ठा रहेको मन्त्री केसीले दाबी गर्नुभयो ।

Nabintech