५ जेष्ठ २०८१, शनिबार
उत्पादन बढाउन श्रोतको पहिचान र परिचालन आबश्यक: मन्त्रि नमुना

तीनै तहका सरकारले आ आफनो क्षेत्रबाट स्वदेशी एबं स्थानिय आर्गेनिक उत्पादनलाई प्राथामिकतामा राख्नुपर्ने


  • प्रमोद रिजाल

  • १७ फाल्गुन २०७९, बुधबार १६:५५

कोहलपुर, बांके: लुम्बिनी प्रदेश सभा सदस्य तथा माननिय मन्त्रि कृष्णा के.सि. नमुनाले नेपाली उत्पादन बढाउन श्रोतको पहिचान गरि ब्यापक परीचालन गर्नुपर्ने धारणा ब्यक्त गरेकी छिन । आज बुधवार कोहलपुरमा युटर्न ईन्टरनेशनल प्रा.लि. ले आयोजना गरेको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश आन्तरीक कानुन तथा सहकारी मन्त्रि समेत रहेकी नमुनाले यस्तो बताएकी हुन ।

नेजाली भान्सा मिसावटबाट समेत आक्रान्त रहेको परीप्रेक्षमा हामीले उपभोग गर्ने हरेक बस्तुहरु मिसावटबाट अछुतो रहन नसकेको औंल्याउदै मन्त्रि के.सि.ले हाइज्यनिक उत्पादन र बजारीकरण नै आजको आबश्यकता रहेको बताईन ।

नेपाली बन तथा भिर पाखामा आर्गेनिक श्रोतहरु खेर गईरहेको कुरा औंल्याउदै मन्त्रि के.सि.ले राज्यले श्रोतको संरक्षण संर्बद्धन एबं प्रशोधनमा टेवा पुग्ने कार्यक्रम ल्याएर युवाहरुलाई उद्यमतीर डोर्याउन प्रदेश सरकार तत्पर रहने चर्चा गरिन । तीनै तहका सरकारले आ आफनो क्षेत्रबाट स्वदेशी एबं स्थानिय आर्गेनिक उत्पादनलाई प्राथामिकतामा राखेर कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी मन्त्रि के.सि. ले ब्यबसायीहरुको उच्च मुल्यांकन गरि उत्पादनको विकासक्रमलाई क्रियाशिल राख्नुपर्ने धारण ब्यक्त गरिन ।

कार्यक्रममा बिशेष अतिथी समेत रहेका कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने बस्तुहरु बजारमा बढि प्रयोग भईरहेको औंल्याउदै यस्ता बिकृत बस्तुहरु बिस्थापन गर्न नेपाली उत्पादन प्रयोग गर्ने बानिको विकास गर्नुपर्नेमा जोड दिए ।
युर्टनले नेपाली मौरीबाट उत्पादित महबाट बिभिन्न भेराईटी बनाई स्वदेसी उत्पादनलाई प्राथमीकतामा राखेको प्रति स्राहना गर्दै युवा उद्यमीहरुको हौसला बृद्धि र उनीहरुको उत्पादन क्षेत्रमा लाग्न नगरपालिकाले सदैव प्रेरणा संगै लगानि गर्न पछि नपर्ने बताए ।
युटर्नका रोएल्टि फाईस्टार लिडर बिष्णु के.सि. को सभापतित्वमा आयोजित तेस्रो स्थापना दिवसका अवसरमा कर्णाली तथा लुम्बिनी प्रदेशका युर्टन अभियान्ताहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, बुद्धिजीबी, पत्रकार एबं नागरिक समाज गरि १ हजार बढिको सहभागिता रहेको कार्यक्रममा युटर्नमा उल्लेख्य योगदान गर्ने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

युटर्न ईन्टरनेशनल प्रा.लि.ले चिनतामुक्त मानव, निरोगी समाज, उद्यमशिल राष्ट्र, गौरवशाली युर्टन निर्माण कार्य भन्ने मुल नाराका साथ मानव जीवनमा इम्युनिटी सिस्टम र प्रिभेन्टिभ हेल्थलाई प्रर्बद्धन गरी मानव स्वास्थ्यलाई मजबुद बनाउन बिभिन्न आग्रेनिक उत्पादनहरु बिक्रि बितरण गर्दै आईरहेको छ ।

सामाखुशि काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको युटर्नका शाखाहरु इटहरी, बर्दिवास, नारायणगढ, काठमाण्डौ, पोखरा, बुटवल, सुर्खेत, धनगढि, लगाएत देशका प्रमुख शहरहरुमा रहेका छन । पौष्टिक आहार, मौरीजन्य बस्तुहरु र हिमाली जडिबुटि मिश्रित सुपर कस्मेटिकहरुको सप्लायर्सका रुपमा चिनियको युटर्नले मानव स्वास्थ्यलाई फाईदा पुग्ने बताईएको छ । वीरेन्द्र सिह ठकुरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका प्रबद्ध बर्गहरुले समेत आ आफनो धारणा राखेका थिए ।

 

 

 

 

 

Nabintech