५ जेष्ठ २०८१, शनिबार
खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी एक दिने कार्यशाला

  • बिकल भट्टराई

  • १९ फाल्गुन २०७९, शुक्रबार १७:४७

कोहलपुर,बांके: बांकको बैजनाथ गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका भित्र रहेर खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्दै आइरहेका बिभिन्न संघ संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बैजनाथमा रहेर लामो समयदेखि खानेपानी तथा सरसफाईमा काम गर्दै आएको लुमन्तीको आयोजनामा कोहलपुरमा कार्य क्षेत्र बनाई खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्दै आएका गेरुवा ग्रामिण संघ, सहकर्मी समाज लगाएतका संघसंस्थाले आफ्नो प्रस्तुतिकरण गरेका थिए । बैजनाथ गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा अझै पनि खानेपानी र शौचालयको समस्या रहेको वडाअध्यक्षहरुले बताएका थिए ।

यस्तै बिद्यार्थीहरुको संख्या अनुसार पनि छात्रा शौचालय र फोहोर राख्ने डस्टबिनको अभाब रहेको समेत जानाकारी दिएका थिए । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले बैजनाथमा खानेपानीका समस्या धेरै रहेतापनि बिस्तारी समाधान तर्फ गैरहेको बताउनु भएको थियो । यस्तै उहाँले बैजनाथमा दुईवटा खानेपानी उपभोक्ता समिति रहेकाले पनि बिस्तारै पाईप बिस्तार र शुद्ध खानेपानी सबै पालिकाभर पुरयाउने लक्ष्य छिट्टै सम्भब रहेको बताउनु भएको थियो ।

बैजनाथमा पेडारी खानेपानी र नौबस्था खानेपानीका कार्यालय रहेका छन । यस्तै कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज पौडेलले खानेपानीका क्षेत्रमा बिस्तारै काम भैरहेको बताउनु भयो । यस्तै उहाँले पालिकाले अन्य सरोकारवाला निकायहरुसंगको सहकार्यमा काम गरिरहेको जानकारी दिनु भयो । उहस्तै उहाँले स्वच्छ खानेपानी र बिभिन्न विद्यालयहरुमा मात्र नभई सबै पालिकाबासीलाईनै शुद्ध खानेपानी उपलब्ध गराउने गरि काम भैरहेको समेत बताउनुभयो ।

कार्यक्रमा लुमन्ति, सहकर्मी समाज, गेरुवा ग्रामिण जागरण संघ, वास एसडिजि लगाएतका संस्थाहरुले पालिकाक्षेत्रमा गरेका बिभिन्न कार्यहरुको प्रस्तुतिकरण समेत गरेका थिए । यस्ता कार्यमा संघसंस्थाहरुको एकल प्रयासबाट सम्भब नभएको हुदा सरोकारवाला निकाय पनि सक्रिय हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमा बैजनाथ गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्कर्मी, खानेपानी उपभोक्ता समितिकापदाधिकारी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Nabintech