५ जेष्ठ २०८१, शनिबार
युवा संघ नेपाल बाकेको ९ औं अधिबेशन नेपालगञ्जमा

देशमा अस्थिरता चहाने शक्तिहरु सल्बलाई रहेको परिप्रक्ष्यमा देशभक्त युवा शक्ति चनाखो भएर हुनुपर्ने


  • टाइम्स संवाददाता

  • २० फाल्गुन २०७९, शनिबार १५:२०

नेपालगञ्ज: नेकपा एमालेको भातृ संगठन रास्ट्रिय युवा संघ नेपाल बाकेको ९ औं अधिबेशन शनिबारदेखि नेपालगञ्जमा शुरु भएको छ।
नेकपा एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतको प्रमुख अतिथ्यतामा आयोजित ९ औं अधिबेशनलाई सम्बोधन गर्दै युवा नेता बस्नेतले युवा संघ परिवर्तनकारी शक्ति रहेको बताउदै एकताबद्ध ढङले अगाडि बढनुपर्ने बताए। देश परिवर्तनको जिम्मा युवाको कांधमा आएको भन्दै बस्नेतले अहिले देशमा अस्थिरता चहाने शक्तिहरु सल्बलाई रहेको परिप्रक्ष्यमा देशभक्त युवा शक्ति चनाखो भएर अस्थिर चहानेहरुको सपना तुहाउन अग्रसर रहनुपर्ने बताए ।

कार्यक्रममा बिशिस्ट अतिथी रास्ट्रीय युवा संघका केन्द्रीय सदस्य किरण पौडेल , नेकपा एमाले केन्द्रिय सदस्य बाके इन्चार्ज एव सांसद सुर्य ढकाल, युवा संघ लुम्बिनी प्रदेश संयोजक खेमराज शर्मा लगाएतले अधिबेशन शुभारम्भका अबसरमा आ आफनो भनाई राखेका थिय।
युवा संघ बाके अध्यक्ष ज्ञानेन्द्र वलिको अध्यक्षता एबं सचिब रमेश मिजारको सन्चालनमा भएको सम्मेलनमा युवा संघका केन्द्रिय सदस्य कुस्माखर बस्यालले स्वागत मन्तब्य राखेका थिए।

रास्ट्रीय युवा संघ बाकेको ९ औ जिल्ला अधिबेशनले सर्बसम्मत बांके जिल्ला कमिटी चयन गरेको छ । जस्को अध्यक्षमा ज्ञानु ओलि, उपाध्यक्ष मनोज बि.क., सचीव रमेश मिजार, उप सचिव नारायण खनाल र सुनिल रसाइली ,कोषाध्यक्षमा मुना कठायत रहेकी छिन ।
ज्ञानु ओलिको अध्यक्षतामा ७५ सदस्य कार्यसमिती चयण भएको नवनिर्वाचित ओलिले बताएका छन ।

Nabintech