५ जेष्ठ २०८१, शनिबार
जिवन ज्योतीको फादर भन्ने ‘जोमेन जेम्स’ पक्राउ

किर्ते तथा जालसाक्षि गरि जन्मसिद्धको आधारमा नेपाली नागरिकता लिएको आरोप


  • टाइम्स संवाददाता

  • २१ फाल्गुन २०७९, आईतवार १९:४९

कोहलपुर,बांके: बिभिन्न समयमा बिबादमा आई रहने बिबादित छवि भएका जीवन ज्योती स्कुल कोहलपुर १० का फादर भन्ने ”जोमेन जेम्स” प्रहरीको फन्दामा परेको छन । उनी बिदेशि नागरिक हुदाहुदै नागरिकता टोलिलाई २०६३ सालमा जन्मसिद्धको आधारमा नागरिकता लिएको पाईएपछि प्रहरीको फन्दामा परेका छन ।

नागरिक समाजले जिल्ला प्रशासन कार्यालय बांकेलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि पक्राउ पर्न नसकेका उनी कोहलपुरमा नया डिएस्पि सुन्दर तिवारी आएपछि भने छानबिनका लागि पक्राउ परेको प्रहरीले जनाएको छ ।

२०६३ सालमा नागरिकता टोलिलाई झुक्कयाएर  आफु कोहलपुर ६ को स्थायी बासिन्दा भएको बुवाको नाम एमो जेम्स बाजेको नाम थोमन जेम्स हो भनि किर्ते तरीकाले सर्जिमन तथा सांक्षि खडा गरि कोहलपुर ६ का तत्कालिन बालकिसुन थारू,जलारु थारु र अन्य एक जनालाई साक्षि राखेर सन्तबीर सुनार नेतृत्वको टोलि मार्फत २०६३ माघ २२ गते ६६३०१३ / ४१ नम्बरको नागरिकता लिएको पाईएको छ ।

जन्म मिती २०३२ फाल्गुण १ उल्लेख गरि नागरिकता लिएपछि कोहलपुरमा उन्को रबाफ दिन प्रतिदिन बढदै गएको थियो गत स्थानिय चुनाव पछि बिद्यालय परीसरमा पुगेकी वडा नं. १० कि वडाध्यक्ष गौरा भट्टराईलाई समेत अपमान गर्न पछि नपरेका जेमन जेम्सलाई स्थानिय न्यायीक समितीमा उजुरी समेत परेपछि आईन्दा यस्ता घटना नदोहरयाउने गरि मिलापत्र गरेका थिए ।

 

 

 

 

Nabintech