५ जेष्ठ २०८१, शनिबार
नाट्टा बांकेको गोलभिडे होली २३ गते कोहलपुरमा

पर्यटकिय दृष्टिकोणले गोलभेंडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेंडा पर्व मनाइने गरिन्छ


  • टाइम्स संवाददाता

  • २१ फाल्गुन २०७९, आईतवार २०:२८

कोहलपुर,बांके: नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा बाँके च्याप्टरले पश्चिम नेपालको पर्यटन उकास्न विविध कार्यक्रमहरु गर्दै आएको छ । यसै सन्दर्भमा जिल्लाको अर्को ठूलो सहर कोहलपुरलाई पर्यटकिय गतिविधीसँग जोड्ने उध्द्देश्यले रंगहरुको पर्व होलीलाई  गोलभेंडाहरुको रंग संगै होली “गोलभेंडा उत्सव नेपाल–२०२३” कोहलपुर संस्करणको नाट्टा बाँके आयोजना गरेको छ ।

फाल्गुन २३ गते मंगलबारका दिन गरिन लागेको “गोलभेंडा उत्सव सहितको होलीमा रम्न रमाउन नाट्टा बांकेले आब्हान समेत गरेको छ ।
गोलभेंडा एउटा संरक्षित खाद्य बनस्पति भएको भन्दै नाट्टा बांकेले यो फललाई अत्यन्त स्वास्थ्यबद्र्धक, भिटामिन र मसलायुक्त फल मानिन्छ नेपाली भान्छाको प्यारो गोलभेंडा संगै पर्यापर्यटनलाई समेत जोडन खोजिएको आज कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जनाइएको छ ।

पर्यटकिय दृष्टिकोणले गोलभेंडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेंडा पर्व मनाइने गरिन्छ भन्दै नाट्टा बांके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भाईचारा , सद्भाव र रंगहरुको पर्व होली जस्तै देखिने यो पर्व हाम्रो होली पर्वका अवसर पारेर स्थानिय किसानहरुको उत्पादनको उच्च सम्मान गर्दै भोलिका दिनमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई बाके भित्र्याउन सहज हुन्छ भन्ने आफुहरुलाई बिश्वास रहेको बताए ।

कोहलपुर संस्करणको नाट्टा बाँके च्याप्टरको आयोजना र होटल एशोसियशन अफ नेपाल हान बाँकेको सह–आयोजना तथा कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरको सहकार्यमा गर्न लागिएको हो । यो कार्यक्रमलाई बाँकेको कोहलपुरमा स्थापित र यसको ब्राण्डिङ्ग गर्न सके कोहलपुर नेपालगन्ज मात्र नभई पश्चिम नेपाल पर्यटकका लागि कोहलपुर गन्तब्य बनाउन सकिन्छ भन्ने मान्यता राखेर गोलभेंडाहरुको रंग संगै होली “गोलभेंडा उत्सव नेपाल–२०२३” कोहलपुर संस्करण अघि सारिएको नाट्टा बांकेले जनाएको छ ।
होली खेलेर यस वर्ष वसन्त ऋतु र यसका सबै सुन्दर रंगहरूलाई स्वागत गरौं, जैविक गोलभेडासँग आफू र आफ्ना प्रियजनहरूलाई विषादी पदार्थबाट सुरक्षित राखौं सिन्थेटिक होलीका रंगहरूको सट्टा गोलभेडा होली खेली रमाऔं मुल नारा समेत बांके च्याप्टरले तय गरको छ ।

Nabintech