२३ बैशाख २०८१, आईतवार
राष्ट्रपति निर्वाचन आज, दुई पूर्वसभामुख प्रतिस्पर्धामा

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान


  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०७९, बिहीबार ०६:३६

काठमाडौँ: मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ । सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन्, तीन बजे पछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन् ।’

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका  वरिष्ठ नेता  रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचनको नतिजा आजै साँझसम्म सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

Nabintech