१२ श्रावण २०८१, शनिबार
मिसन काठमाण्डौ :अत्याधुनिक सुबिधा सम्पन्न सुपर डिलक्स बस सञ्चालनमा (भिडियो सहित)

प्रचलनका भिडभाडवाला होटेलमा नभएर दाङको भालुबाङमा रहेको होटल पौवा तथा थकालि भान्सा घरमा खाना खुवाउने ब्यबस्था


  • प्रमोद रिजाल

  • २५ फाल्गुन २०७९, बिहीबार ११:०५

कोहलपुर,बांके: नेपालगञ्ज र कोहलपुरबाट अब काठमाण्डौ जान र आउन अत्याधुनिक सुबिधा सम्पन्न मिसन काठमाण्डौ सुपर डिलक्स बस सञ्चालमा आएका छन । बुधवार राधाकृष्ण यातायात प्रा.लि.का अध्यक्ष सनत रेग्मीले नेपालगञ्जबाट एक डिलक्स बस काठमाण्डौका लागि छुटाएर आफनो प्रा.लि ले दिने सेवाको उदघाटन गरेका छन ।

नेपालगञ्जबाट बेलुका ६ बजे र कोहलपुरबाट ७ बजे निश्चित समयमा छुटने यी डिलक्स एसि गाडिहरुमा प्रत्यक सिटमा मोबाईल चार्जको ब्यबस्था, फुल फोल्डिङ सिट रहनुका साथै एलईडि टिभि, कुलर हिटर समेत रहेका छन । प्रत्यक सेवाग्राहिलाई मिनरल वाटर सहित सुरक्षित तथा आरामदायि सेवा दिने यस प्रा.लि.ले प्रचलनका भिडभाडवाला होटेलमा नभएर थकालि भान्सा घरमा खाना खुवाउने ब्यबस्था मिलाएको जनाएको छ ।

प्रत्यक दिन १ टिप नेपालगञ्ज काठमाण्डौ र काठमाण्डौ नेपालगञ्ज गर्ने यी बसहरुलाई कोहलपुर नेपालगञ्जका युवा यातायात ब्यबसायीहरुले सञ्चालनमा ल्याएका हुन । परम्परागत शैलिलाई तोडदै यात्रुहरुबाट गुणासो गर्ने बाताबरण आउन नदिने गरि सेवामा कन्जुस्याई नगरिने राधा कृष्ण यातायात सेवा प्रा.लि. का अध्यक्ष सनत रेग्मीले कोहलपुर टाईम्सलाई बताए ।

कुसुम सम्म त होला यो एसि र टिभि त भन्ने सम्बाददताको प्रश्नमा अध्यक्ष रेग्मी भन्छन हामीले स्टाट हुदा देखि नै एसि चालु हुने सिष्टम राखेका छौं त्यसैले आबश्यकता अनुसार एसि चालु रहनेछ भने एलइडि नन स्टप रहने छ । रेग्मीका अनुसार यात्रुको आबश्यकता अनुसार सौच गराउने र पानी दिने जिम्मा समेत गाडि स्टाफको जिम्मा रहने छ ।

”गाडिको सेवाबाट यात्रुहरु कति प्रताडित छन त्यो हामीले महशुस गरेका छौं” यस्तो राम्रो सेवा पनि हुदो रहेछ भन्ने गरि कुनै कुरामा कमि नगराई मिसन काठमाण्डौलाई हामी सफल बनाई छोनेछौं युवा यातायात ब्यबसायी तथा राधाकृष्ण यातायात सेवा प्रा.लि.का अध्यक्ष सनत रेग्मीले भने ।
राधाकृष्ण यातायात सेवा प्रा.लि.ले यात्रुहरुलाई अखाद्य तथा स्वादरहित खाना नहोस भनेर खानाको लागि नेपालगञ्जबाट जादा दाङको भालुबाङमा र काठमाण्डौबाट नेपालगञ्ज फर्किदा चितवनको चुम्लिङटारमा  थकालि होटेलमा खाना खाजाको सुपथ तथा गुणस्तरीय ब्यबस्था गर्ने समेत जनाएको छ । ”मिसन काठमाण्डौ” नारा सहित सञ्चालित यस एसि डिलक्सको भाडा दर २ हजार १ सय पैंतिस रहेको छ ।

यस बस सेवाका बारेमा बुझदा हिज गएका मध्य एक यात्रुलाई फोन सम्पर्क गर्दा पहिलेको तुलनामा निकै आरामदायि सेवा रहेको र आफुलेु यो यात्रालाई अबिश्मरणीय यात्राको रुपमा लिएको बताएका छन । जारजकोट घर भएका साकेन्द्र बिक्रम शाहलाई कोहलपुर टाईम्सको डेस्कबाट नाम बिनाको चलानि नं. संकेत र मोबाई नम्बरबाट फोन गरेर राधाकृष्ण यातायात सेवा प्रा.लि.को सेवाबारे जिज्ञाशा राखेको थियो ।

कोहलपुर टाईम्सको जिज्ञाशामा जाजरकोट निबासि शाहले बस स्टाफले समय समयमा सौच एबं पानीकाबारे सोध्ने गरेको, नन स्टप एसि, एलइडि चलाएको र खाना समेत स्तरीय खुवाएको बताए । हामी भर्खर गंगोबु बसपार्क भित्र प्रबेश गर्दैछौ यो यातायात सेवा प्रा.लि.को कुनै गुणासो गर्ने बाताबरण पाएन उन्ले भने ।

भिडियो

Nabintech