१२ श्रावण २०८१, शनिबार
इन्जिनमा आगो देखिएको श्री एयरको जहाज सुरक्षित अवतरण

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०७९, बिहीबार ११:११

काठमाडौं : काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि काठमाडौं फर्काइएको छ। बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उडेको श्री एयरको ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हुँदा धादिङको थाक्रे क्षेत्रबाट काठमाडौं फर्काइएको हो।

उक्त जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जनाकारी दिए। उनका अनुसार चालक दलका सदस्य र यात्रु सुरक्षित छन्।

Nabintech