१२ श्रावण २०८१, शनिबार
सञ्चारिका समूहको बाँकेमा खोजमुलक पत्रकारिता तालिम शुरु

महिला पत्रकारहरु पछिल्लो समय पारिवारिक कारण तथा सञ्चारगृहबाट समयमा पारिश्रमिक नपाउदा पेशाबाट पलाएन


  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०७९, शुक्रबार १०:३५

नेपालगञ्ज,बाँके: पछिल्लो समय पत्रकार महिलाहरु पत्रकारीता पेशाबाट पलायन हुँदै गएको अवस्थामा सञ्चारिका समुहले भने विभिन्न कार्यक्रम आयोजना गरि पत्रकार महिलाहरुलाई क्रियाशिल बनाउदै आएको छ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजनामा बाँके र बर्दियाका महिला पत्रकारहरुको क्षमता अभिबृद्धि र उनीहरुमा भएको अनुभव सुन्नको लागि दुई दिने खोजमूलक पत्रकारीता तालिम बिहिवारबाट नेपालगञ्जमा संचालन गरिएको छ। सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तिरक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा तालिमको आयोजना गरिएको हो। महिला पत्रकारहरुको लेखन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले बताएकि छिन् ।

उनले महिला पत्रकारहरु पछिल्लो समय पारिवारिक कारण तथा सञ्चारगृहबाट समयमा पारिश्रमिक नपाउदा यो पेशाबाट पलायन हुने तितो यथार्थ भएको बताईन । सञ्चारिका समुहले लेख्ने पत्रकार महिलाहरुको लागि यो सुनौलो अवसर सिर्जना गरेको बताउदै अध्यक्ष अनमोलले शंघर्षसंग जुधदै लेखनकर्ममा लाग्न महिला पत्रकारहरुलाई आब्हान समेत गरिन ।

सञ्चारिका समुहले आयोजना गरेको खोज पत्रकारिता तालिममा तीन दशक देखि बाँकेमा रहेर पत्रकारिता गरिरहनु भएका बरिष्ठ पत्रकार रुद्र सुबेदीले सहभागी पत्रकार महिलाहरुलाई प्रशिक्षण दिंदै आफ्ना तितामिठा अनुभव सुनाउदै पत्रकारिता भनेको खोजपूर्ण र खोजमूलक विषयवस्तुमा रहेर अध्ययन गर्न जरुरी रहेको बताएका छन् ।

उनले विशेषगरी पछिल्लो समय सञ्चार माध्यममा सिमान्तकृत समुदायका समाचार, स्टोरी, फिचर र सम्पादकीय आउन छोडेको र हामीले खोजमूलक पत्रकारिता गर्दा ती समुदायका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखेर आफ्नो कलम तिखार्नुपर्ने बताए ।
तालिममा उपस्थिति पत्रकार महिलाहरुले आफुले भोगेका तितामिठा भोगाई र अनुभवहरु समेत साटासाट गरिएको तालिम शुभारम्भ कार्यक्रममा बाँके र बर्दियाबाट गरि २० जना महिला पत्रकारहरुको सहभागिता रहेको छ ।

Nabintech