१२ श्रावण २०८१, शनिबार
तक्षशिलाले गर्यो कक्षा १० का बिद्यार्थीको बिदाई

  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०७९, शुक्रबार १९:०४

कोहलपुर, बाँके: बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीमा अध्यन गरि एसइसिको तयारीमा रहेका बिद्यार्थीहरुलाई आज शुक्रबार एक अनौपचारिक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

बिद्यालयका प्रिन्सपल मुकुन्द विक्रम शाहको उपस्थितीमा कक्षा नौ मा अध्यनरत छात्र छात्राहरुले कक्षा १० छात्र छात्राहरुलाई मायाको चिनो सहित बिदाई गरेका हुन ।

कक्षा नौ मा अध्यनरत रोशन खत्री र मिरगाती रावतले सञ्चालन गरेको उक्त बिदाई कार्यक्रममा बिदा भएर जाने छात्रछात्रलाई उज्जवल भबिष्यको कामना सहित बिद्यालयका प्रिन्सिपल मुकुन्द विक्रम शाहले खादा तथा मायाको चिनो सहित टिका लगाएर बिदाई गरेका थिए ।

बिदाई भएर जाने बिद्यार्थीहरुलाई बिद्यालयले मिष्ठान्न भोजन खुवाउदै आगामि दिनहरुमा सुनौलो भबिष्यको रेखा कोर्ने गरि अध्यणमा लगनशिलता, अनुशासन र ईमान्दारिताको पथमा अग्रसर रहन शुभेक्षा समेत ब्यक्त गरेको छ ।

Nabintech