१२ श्रावण २०८१, शनिबार
श्री एयरलाइन्सले आजदेखि नियमित उडान गर्ने

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लाग्ने संकेत देखिएको थियो


  • टाइम्स संवाददाता

  • २७ फाल्गुन २०७९, शनिबार ०७:४७

काठमाडौं : श्री एयरलाइन्सले शनिबारदेखि नियमित उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शुक्रबार बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।

प्राधिकरणका प्राविधिकबाट जहाजको प्राविधिक सुरक्षा जाँचपछि क्यानले उडान प्रतिबन्ध फुकुवा गरेको हो। श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राधिकरणबाट पुनः उडान अनुमति पाएसँगै आजदेखि नियमित उडान सञ्चालन गर्ने जानकारी दिए।

व्यवस्थापक मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमतासमेतको अध्ययन गरेको छ।

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लाग्ने संकेत देखिएपछि  पुनः त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो।

 

Nabintech