१३ बैशाख २०८१, बिहीबार
बागेश्वरीमा अनेरास्ववियुको बिरासत कायम रहन्छ: बुढा

शैक्षिक सवालका अलावा छात्रा तथा अपांगमैत्रि शौचालय निर्माण, सुद्ध पिउने पानीको ब्यबस्था र छात्राहरुलाई पिरियडका बेला प्याड चेन्जिग रुमको समेत ब्यबस्था गर्ने अनेरास्ववियुको योजना


  • प्रमोद रिजाल

  • २७ फाल्गुन २०७९, शनिबार २०:४१

कोहलपुर,बांके:आगामी चैत्र ३ गते हुने स्ववियु चुनावमा बाँकेको कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको बिरासत कायम नै रहने अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार देबेन्द्र बुढाले दावि गरेका छन ।

बागेश्वरी बहुमुखी क्याम्पसको स्ववियुको ईतिहासमा अनेरास्ववियु ३ पटक सभापति सहित विजय भएको र एक पटक सभापति बाहेक अन्य बहुल पदमा बिरासत जोगाउदै आएको गर्भिलो ईतिहास भएको भन्दै अध्यक्ष पदका उम्मेदवार बुढाले आफुले बिद्यार्थीका हकहितका निम्ति लगातार ५ बर्षदेखि क्याम्पसमा निस्वार्थ तरिकाले सहयोगीको भुमिका निभाएकाले आम बिद्यार्थीहरुको अभिमत आफनो पोल्टामा पर्नेमा ढुक्क रहेका बताए ।

मैले निस्वार्थ रुपमा बिद्यार्थीहरुका पिर मर्का र अधिकारका एजेण्डा बोकेको ईतिहास साथीहरुलाई स्मरण गराउन चहान्छु भन्दै बुढाले चाहे ति परिक्षाका बिषय हुन चाहे स्कलरसिप र फ्रि शिपका बिषय नै किन नहुन न्योयोचित तरीकाले हुनुपर्छ भन्दै आएको छु र कतिपय आम बिद्यार्थीका समस्या समेत हल भएका छन, मेरै पहलकदमिबाट थेसिस लेख्दा तिर्नुपर्ने फि समेत खारेज गराउन सफल भएको छु अब साथीहरुले मलाई गुणको बदला गुणले तिर्नुहुनेछ मतदान हैन मनदान गर्नुहुनेछ अपेक्षा लिएको छु उनले भने ।

शैक्षिक मुद्धाका अलावा क्याम्पसमा तमाम अभाव, अब्यबहारीक बिषय बस्तुहरु रहेको उल्लेख गर्दै महिला तथा अपांगमैत्रि शौचालय निर्माणमा पहल गर्ने, छात्राहरुका निम्ति मासिक धर्मका बेला प्याड फेर्ने कोठाको ब्यबस्था गर्ने, शुद्ध फिलटर खानेपानीको ब्यबस्था गर्ने, मनोरञ्जन र यातायातको क्षत्रमा ४५ प्रतिशत छुटको ब्यबस्था कार्यान्वयन नभएको अबस्थामा सो को कार्यान्यनका निम्ति अग्रमोर्चामा आफु उभिने प्रतिबद्धता जनाएका बुढाले जुन सेमस्टारमा आएको ईस्कलरसिप हो जुन बर्ग क्षेत्रलाई आएको फ्रि सिप हो सोहि सेमिस्टारका र सोहि बर्ग क्षेत्रका बिद्यार्थीहरुलाई मात्र दिने ब्यबस्था मिलाउने आफनो पहिलो प्राथाामिकता रहने बताए ।

शैक्षिक सवालमा मात्र हैन आंगिक क्याम्पसहरुमा अझै पनि नितीनिर्माणमा फितलो पनाले बिद्यार्थीहरुले पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेकाले त्यस तर्फको प्रतिनिधित्व गरि दिर्घकालिन रुपमा बिद्यार्थीहरुलाई लाभ हुने गरि सो स्थानमा आफनो प्रतिनिधित्व गर्नका निम्ति पनि तमाम स्ववियु मतदानमा भागलिने मतदाताहरुलाई आफनो प्यानललाई विजय गराउन आब्हान समेत गरेका छन ।

बाजुरा जस्तो अति बिकट क्षेत्रमा जन्मेर शिक्षा क्षेत्रमा सुधारको एजेण्डा बोकि बिद्यार्थी फाटमा उदाएका बुढा यस अघि अनेरास्ववियुको स्ववियु नेतृत्वको टिमले गर्न बाँकि रहेका कामहरु आफनो काँधमा आएको भन्दै सबै कामको बोझ बोक्न आफु तयार रहेको बताएका छन ।
बागेश्वरी बहुमुखी क्याम्पसमा आज शनिबार पत्रकारसंगको भेटघाट कार्यक्रममा बुढाले बिद्यार्थी मात्र हैन प्राध्यापकहरुका सेवा सुविधा र पिर मर्काको बारेमा समेत आवाज बुलन्द पार्न आफु पछि नहटने बताएका छन ।

पत्रकार भेटघाट कार्यक्रममा सचिव पदका उम्मेदवार महेन्द्र प्रकाश मल्ल, कोषाध्यक्ष पदका उम्मेदवार सुरेश चदारा, सदस्यहरुमा सिर्जना मल्ल, तुलाराम भट्टराई,अमिसा बोहरा र तिर्थ कुमारी नकालले समेत आफनो उम्मेदवारी किन भन्नेबारे प्रष्ट पारेका थिए ।

अनेरास्ववियुको तर्फबाट यस पटकको चुनावी मोर्चामा यस अघि बिजयी भएका सभापतिहरु अब्दुल हुसेन खाँ, सुर्य रोकाय र दिनेश के.सि. यस प्यानको पक्षमा एकबद्ध रहेको भन्दै विजयी बनाउन आ आफनो क्षेत्रबाट पहल गर्ने पुर्व स्ववियु सभापति सुर्य रोकायले बताए । रोकायले बाहिर सतहमा आएको जस्तो अनेरास्ववियु भित्र कुनै बिबाद नभएको भन्दै सतहि कुराहरुबाट आम बिद्यार्थीहरुलाई बिचलित हुनुपर्ने कारण नभएको प्रष्ट पारेका छन ।

 

Nabintech