१२ श्रावण २०८१, शनिबार
विश्वकप लिग टू : नेपाल र यूएई भिड्दै

नेपाली टिमले पछिल्ला ९ खेलमा ८ जित निकाल्न सफल


  • टाइम्स संवाददाता

  • २८ फाल्गुन २०७९, आईतवार ०७:४४

काठमाडौं  : आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा  नेपालले आज यूएईसँग खेल्दैछ।  टियु क्रिकेट मैदानमा खेल साढे ९ बजे सुरु हुनेछ। नेपालले अघिल्लो खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो। यूएई पीएनजीसँग ५६ रनले पराजित भएको छ।

नेपाल आजको खेल जित्दै अन्तिम चारमा रहन चाहन्छ। नेपालले  युएई भ्रमणमा तीन जित निकालेको थियो।  नेपाली टिमले पछिल्ला ९ खेलमा ८ जित निकाल्न सफल छ।  अघिल्लो साता सम्पन्न स्कटल्याण्ड र नामिबियाविरुद्धको सिरिज क्लिनस्विप गर्दै नेपालले ८ अंक बटुलेको थियो। आजको खेल जिते नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने छ। नेपालले सिरिज क्लिनस्वीप गर्दै चार खेल जिते पाल शीर्ष तीनमा रहने छ।

अंक तालिकामा नेपालले ३३ खेलमा ३४ अंक बनाएको छ। समान ३३ खेल खेलेको युएईको ३१ अंक छ। नेपाल पाचौं स्थानमा उक्लिदा युएईभने छैटौं स्थानमा झरेको छ। सातौं स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ। ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ।स्कटल्याण्डको पहिलो र ओमानको दोस्रो स्थान पक्का छ। बाँकी चार टिमको भविष्य निर्धारण लिग टूको अन्तिम सिरिजले नै गर्नेछ।

 

Nabintech