५ जेष्ठ २०८१, शनिबार
राप्तिसोनारीमा नेपाली कांग्रेसको अन्तर्कृया कार्यक्रम सम्पन्न

  • टाइम्स संवाददाता

  • २८ फाल्गुन २०७९, आईतवार १७:५७

राप्तीसोनारी, बांके: थारू समुदायको हक अधिकारको लागी नेपाली कांग्रेसको भुमिका” बिषयक अन्तरक्रिया नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ बांके थारू समन्वय शाखाको आयोजनामा आज राप्तीसोनारी वडा नं ८ शम्शेरगंजमा “थारू समुदायको हक अधिकारको लागी नेपाली कांग्रेसको भुमिका” बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

बांके क्षेत्र नं १ का पार्टीका थारू नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको अन्तर्कृया कार्यक्रमको पार्टीका सहमहामन्त्री किशोर सिंह राठौरले उदघाटन गर्नुभएको थियो। सो अबसरमा बोल्दै सहमहामन्त्री राठौरले नेपाली कांग्रेसले थारू लगायत सबै आदीवासी जनजातीहरूको हक अधिकारका लागी २०१५ साल देखि नै आवाज उठाउदै आएको बताउनु भयो ।

समाबेशी तथा समानुपातिक सिदान्तलाई संबैधानिक रूपमा ब्यबश्था गर्ने काम पनि कांग्रेसले गरेको बताउदै उहांले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै थप हक अधिकारका लागि सबै संगठित हुनुपर्ने बताउनु भयो।कमैया,कमलरी मुक्ति लगायत थारू अधिकारका लागि थारू आयोग बनाउने काम पनि कांग्रेसले नै गरेको हो भन्नु भयो।जिल्ला सभापति नारायण गौडेलले जातिय रूपमा,भावनात्मक रूपमा नभई पार्टीले पार्टीमा काम गरेको आधारमा पार्टीका नेता तथा कार्यकर्ताको मुल्याकंन हुने बताउनु भयो ।

क्षेत्रिय सभापति पोषण केसीले थारू ईतिहास र थारू हक अधिकारका बारेमा पार्टीले खेलेको भुमिकाका बारेमा बोल्दै परिवर्तन पछि बनेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानमा थारू लगायत सबै जातजाती,भाषा,धर्म,संस्कृतिको बैधानिक रूपमा संरक्षण भए जस्तै पार्टीले पनि सोही बमोजिम बिधान संशोधन गरी समाबेशी तथा समानुपातिक सिदान्तलाई आत्मसात गर्दै थारू लगायत सबै आदीवासी जनजाती,महिला,मधेसी,मुस्लिम र पिछडिएको बर्गलाई स्थानिय तह देखि केन्द्र सम्म न्यायोचित रूमा सहभागितामुलक प्रतिनिधित्वको सुनिश्चितता बनाएको बताउनु भयो।

अन्तर्कृया कार्यक्रममा डाक्टर कृष्ण राज चौधरी सर्वहारी ले “थारू समुदायको हक अधिकारका लागि नेपाली कांग्रेसको भुमिका” बिषयक कार्यपत्र प्रश्तुत गर्नु भएको थियो।थारू समन्वय शाखा प्रमुख गंगाराम थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अन्जना पाण्डे,जिल्ला सहसचिव बिनोद थारू,महाधिबेशन प्रतिनिधि द्वय लाहुराम थारू र संगिता थारू,प्रदेश ख का सभापति बलराम शर्मा र थारू नेता जागेश्वर चौधरी, नेपाली कांग्रेस राप्तीसोनारी गांउपालिका सचिव सन्तोष चौधरी लगायत थारूका अगुवा नेता था कार्यकर्ताहरू अन्तर्कृया कार्यक्रममा सहभागी हुनु भएको थियो।

Nabintech