५ जेष्ठ २०८१, शनिबार
अनेरास्ववियुको आक्रामक प्रचार शैलि (भिडियो सहित)

जडशुत्रबादि र यथास्थितीबादिहरुलाई घुडा टेकाएरै छाडने अटोठ


  • टाइम्स संवाददाता

  • ३० फाल्गुन २०७९, मंगलवार ०९:१६

कोहलपुर,बाँके: अनेरास्ववियुले आसन्न स्ववियु चुनावका लागि आक्रामक प्रचार शैलि अपनाएको छ । बिद्यार्थीहरुको निजि निवास सम्मै पुगेर आफनो मतलाई सुनिश्चित गर्न अनेरास्ववियुले घरदैलो अभियानलाई पनि तिब्रता दिएको छ । जडशुत्रबादि र यथास्थितीबादिहरुलाई घुडा टेकाएरै छाडने अटोठ लिएको अनेरास्ववियुले नितीगत सुधार संगै क्याम्पसको समग्र विकासमा रचनात्मक भुमिका खेल्ने जनाएको छ ।

शैक्षिक माफियारहित क्याम्पस निर्माण र बिद्यार्थीहरुको अधिकार सुनिश्चित सहितको एजेण्डाहरु लिएर घरदैलो अभियानमा होमीएका छौं अध्यक्ष पदका उम्मेदवार देबेन्द्र बहादुर बुढाले बताए । बागेश्वरी क्याम्पसमा टेक्निकल कक्षा सञ्चालनमा ल्याउन पहल गर्ने देखि क्याम्समा अझै गर्नुपर्ने अधुरा कामहरु पुरा गर्ने सोच समेत अनेरास्ववियुले राखेको छ ।

बागेश्वरी क्याम्पसमा अनेरास्ववियुले कायम राख्दै आएको बिरासत जोगाउने जिम्मा मेरो काधमा आएको छ भन्दै अध्यक्ष पदका उम्मेदवार बुढाले हिजको दिनमा एउटा समोसाको भरमा बिद्यार्थी हकहितका निम्ति काम गरेको स्मरण गर्दै अध्यक्षमा निर्बाचित भए थप जिम्मेवारीका बिच सिंगो बिद्यार्थी आन्दोलनको रक्षा गर्ने प्रतिबद्ध भएको समेत बताए ।

महिला तथा अपांगमैत्रि शौचालय, ईलाईब्ररी, खानेपानी जस्ता अत्याबश्यक कामहरु नभएको प्रति आफु स साना एजेण्डाहरुलाई समेत उठान र कार्यान्वयन गर्न अग्रसर रहने भन्दै बुढाले बागेश्वरी क्याम्सलाई तमाम बिद्यार्थीको पहिलो रोजाई हुनेगरि कार्य गर्ने समेत जनाए ।
उनले यातायात र मनोरञ्जनको क्षेत्रमा बिद्यार्थीहरुलाई ४५ प्रतिशत छुटको ब्यबस्था भएपनि कार्यान्वयन नभएको चर्चा गर्दै नितीगत सुधार र शैक्षि सुधार नै आफनो मुख्य एजेण्डा रहेको समेत बताए ।

चैत्र ३ गते हुने स्ववियु निर्बाचनमा अनेरास्ववियुको तर्फबाट सचिव पदमा महेन्द्र प्रकाश मल्ल, कोषाध्यक्ष पदमा सुरेश चदारा र सदस्यहरुमा सिर्जना मल्ल, तुलाराम भट्टराई,अमिसा बोहरा र तिर्थ कुमारी नकाल होमिएका छन ।

Nabintech