१२ श्रावण २०८१, शनिबार
प्रथम कोहलपुर गोल्ड कप चैत्र ४ देखि

प्रथम कोहलपुर गोल्ड कपका सम्पुर्ण खेलहरु कोहलपुर १३ बिगाहमा हुने


  • टाइम्स संवाददाता

  • ३० फाल्गुन २०७९, मंगलवार १५:५९

कोहलपुर,बाँके: प्रथम कोहलपुर गोल्ड कप २०७९ आगामी चैत्र ४ गते देखि ११  गते सम्म कोहलपुर स्थिति १३ बिघामा हुने भएको छ। करिब ८० लाख खर्छ हुने अनुमान गरिएको यस गोल्ड कपमा नेपाल भारत र क्यामरुनका गरि ८ वटा टिम सहभागी रहने छ्न । कार्यक्रम बारे जानकारी दिदै आयोजक कोहलपुर रेसिइङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले कार्यक्रम भब्य रुपले सम्पन्न हुने बताउदै ८० प्रतिसत तयारी सम्पन्न भएको बताए।

कार्यक्रममा कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले खेलको बिकास र प्रबर्द्धनका लागि नगरपालिकाले सदैब सहयोग गर्ने बताए। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएस्पी सुन्दर तिवारीले सुरक्षाको ब्यबस्था चुस्त बनाइने बताए। कार्यक्रममा गोल्ड्कपको ब्यानर, लोगो र जर्सी नगर प्रमुख आचार्यले सार्बजनिक गरेका थिय।

Nabintech