५ जेष्ठ २०८१, शनिबार
नापी र मालपोत यथाशिघ्र स्थापनाका लागि ज्ञापन पत्र पेश

  • टाइम्स संवाददाता

  • ३० फाल्गुन २०७९, मंगलवार १९:१९

कोहलपुर,बाँके:कोहलपुरमा रहेको सामाजिक सरोकार मञ्चले कोहलपुरमा नापी र मालपोत यथाशिघ्र स्थापनाका लागि नगर प्रमुख समक्ष ज्ञापन पत्र पेश गरेको छ । आज मंगलबार मञ्चका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको एक टोलिले नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई ज्ञापन पत्र हरुतान्तरण गरेको हो ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख आचार्यले नापी र मालपोत कोहलपुर क्षेत्रका निम्ति अत्यावश्य भएको चर्चा गर्दै आफुहरु उक्त कार्यालयहरु स्थापानार्थ दलगत होस या नगरपालिकाको एबं निजि तर्फबाट पनि पहल भईरहेको बताए ।

ज्ञापन पत्रमा नापी र मालपोत स्थापनाको बेला बेला चर्चा हुने र सेलाउने गरेको भन्दै बिगत सरकारको पालामा उदघाटन समेत भएको नापी र मालपोतका निम्ति कार्यालय राख्न भाडा सुचना समेत प्रकाशित भएको तर कार्यान्वयन नहुदा पुन तत सेवाका लागि नेपालगञ्ज नै जानुपर्ने बाध्यता रहेको उल्लेख गरिएको छ ।


स्थानियहरुलाई काम काजमा सहज हुनेगरि नापी र मालपोत कार्यालयहरु यथाशिघ्र स्थापना गर्न नगर प्रमुख मार्फत सम्बन्धित सरोकार निकायसमक्ष जोडदार माग गर्दछौं बिज्ञप्तिका भनिएको छ ।

Nabintech