१२ श्रावण २०८१, शनिबार
ए डिभिजन लिग : आर्मी र एपीएफ तथा मनाङ र एनआरटी भिड्दै

  • टाइम्स संवाददाता

  • १ चैत्र २०७९, बुधबार ०८:०७

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ क्लब तथा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङदीबीच खेल हुनेछ।

ललितपुरको च्यासल मैदानमा आर्मी र एपीएफबीच हुने खेल दिउँसो साढे २ बजेपछि सुरु हुनेछ। उपाधि दाबेदार आर्मी लिगमा दोस्रो जितको खोजीमा हुनेछ। आर्मी तेस्रो चरणसम्म अपराजित भए पनि एक खेलमा मात्र जित हात पार्न सकेको छ। उसको तीन खेलमा ५ अंक छ।

एपीएफ पनि दोस्रो जितको खोजीमा हुनेछ। तीनमध्ये एक खेलमा जित एक बराबरी र एक हारसहित एपीएफको तालिकामा चार अंक छ। आजको जितले आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिने छ भने एपीएफ शीर्ष ५ मा पुग्नेछ।

यस्तै दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा मनाङ र एनआरटी खेल्नेछन्।  आजको खेल जित्दै शीर्ष तीनमा उक्लिने लक्ष्यमा मनाङ हुनेछ। मनाङको तालिमा ५ अंक छ। मनाङले तीनमध्ये एकमा जित र एकमा बराबरीको नतिजा निकालेको छ। एनआरटी भने मात्र एक अंकसहित रेलिगेसन जोनमा छ।

 

Nabintech