११ श्रावण २०८१, शुक्रबार
बाँकेको डुडुवामा १२ वर्षीया बालिका बलात्कृत

  • टाइम्स संवाददाता

  • १ चैत्र २०७९, बुधबार १४:२७

नेपालगञ्ज : बाँकेको डुडुवामा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका–३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई प्रहरीले पक्राउ गरेको छ ।

लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech