१२ श्रावण २०८१, शनिबार
डिडिसिले आजदेखि लागुहुने गरि दुग्धजन्य पदार्थमा बढायो मुल्य

उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखी १६ रुपैयाँसम्म बृद्धि


  • टाइम्स संवाददाता

  • २ चैत्र २०७९, बिहीबार ०७:१७

काठमाडौँ: सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसि) ले आजदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि लागू हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी सङ्गठनले यसअघि नै दूधको मूल्य बढाई सकेका छन् ।

मन्त्रिपरिषद् निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ । आजबाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दूध पाउनेछन्,’डिडिसिका महाप्रबन्धक सञ्जीव झाले भने । उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ । क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । जसअनुसार अब देखी हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ ।

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।

Nabintech