११ कार्तिक २०८१, आईतवार
बाँकेका कुखुरा व्यवसायी सडकमा कुखुरा फालेर आन्दोलनमा

सशस्त्र र नेपाल प्रहारीको सेटिङमा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेको खाँको भनाई


  • टाइम्स संवाददाता

  • २ चैत्र २०७९, बिहीबार १२:२६

बाँके:बाँकेका कुखुरा व्यवसायीहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेका छन् । नेपालगन्जको गणेशमान चोकमा कुखुरा फालेर आन्दोलन गरेका हुन् ।उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए ।

आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउंदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाइ छ ।खाँले भारतबाट भित्रिने अबैध कुखुराका कारण नेपाली किसान पीडित बनेको बताए । सशस्त्र र नेपाल प्रहारीको सेटिङमा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेको खाँले भने ।

बाँकेको जमुनाहा नाका,डुडुवा गाँउपालिका, जानकी गाँउपालिकाको विभिन्न नाका र नरैनापुर गाँउपालिका क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको खाँले बताए । नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई मासिकरुपमा नै लाइन दिने कार्य नरोकिदासम्म नेपाली किसानले यसैगरी मार खेपिरहन पर्ने खाँले बताए ।

Nabintech