१५ बैशाख २०८१, शनिबार
मध्यपश्चिम बिश्वबिद्यालयले स्ववियु चुनाव स्थगित गरेपछि उपकुलपतिको सर्बत्र आलोचना

अबैध पत्रलाई बैध पत्रले प्रतिकार गर्दै स्ववियु चुनाव क्याम्पस प्रशासनले गराउनुपर्ने साझा धारणा


  • प्रमोद रिजाल

  • २ चैत्र २०७९, बिहीबार २०:२९

कोहलपुर,बाँके: मध्यपश्चिम विश्वबिद्यालयले स्ववियु चुनावका पुर्ब सन्ध्यामा स्ववियु चुनाव स्थगित भएको पत्र पठाएपछि सर्बत्र आलोचना भईरहेको छ । मध्यपश्चिम विश्वबिद्यालय अन्तरगतका केहि क्याम्पसहरुमा असहज परिस्थिती भएको भन्दै बिश्व बिद्यालयले विश्व बिद्यालय ऐनलाई समेत लत्याउदै अबैध पत्र पठाएको भन्दै अबैध पत्रका बिरुद्ध बैध पत्रले प्रतिकार गर्ने समेत सरोकारवाला तयार रहेको बताईएको छ ।

मध्यपश्चिम विश्वबिद्यालय अन्तरगतका बबई बहुमुखि क्याम्पस बर्दिया, मुसिकोट क्याम्पस रुकुम र दैलेख क्याम्पसमा केहि असहज परिस्थिती आयो भन्दैमा सबै मध्यपश्चिम विश्वबिद्यालयका आंगिक क्याम्पसहरुमा स्थगन गरिएको स्ववियु चुनावका बिरुद्धमा बाँकेको कोहलपुरमा रहेका राजनैतिक दल, बिद्यार्थी संगठन र स्थानिय सरकारले समेत बिलम्ब नगरि तोकिएकै समयमा स्ववियुको निर्बाचन गरिनुपर्ने धारणा ब्यक्त गरेका छन ।

मध्यपश्चिम विश्वबिद्यालयका उपकुलपति नन्दबहादुर सिंहले बागेश्वरी क्याम्पसमा निर्बाचन समितीले निर्वाचनको सम्पुर्ण तयारी अन्तिम चरणमा पुरयाएको बेला हटाथ निर्णय गरेको भन्दै लोकतन्त्रको अभ्यासमाथि प्रहार भएको आरोप समेत लगाएका छन भने बिद्यार्थी संगठनहरुले तोकिएको समयमा निर्वाचन गराउनुको साटो निर्वाचन भाँडन उद्धत भएको भन्दै उपकुलपतिको राजिनामा माग्ने देखि बिभिन्न आन्दोलका कार्यक्रमहरु गर्ने घोषना समेत गरेका छन ।

उपकुलपतिले जुम बैठक पछि पठाएको पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले समेत बिद्यार्थीहरुको समय, श्रम र समयसुचिमथि खेलबाड गरेका भन्दै गलत नजिर बस्न नदिन तोकिएकै समयमा अबिलम्ब निर्वाचन गरिनुपर्ने बताएका छन ।

कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले उपकुलपतिको अबैध पत्रप्रति बैध पत्रले प्रतिकार गर्नुपर्ने भन्दै कोहलपुरको श्रम र पसिनाले बनेको क्याम्पसमा उपकुलपतिले गलत निर्णय लिएको बताए । उन्ले एक, दुई ठाउमा समस्या आउदैमा सबै ठाउमा स्ववियु निर्वाचन स्थगन गर्नु हटाथ मानसिकताको उपज भएको भन्दै आंगिक क्याम्पसहरुमा निरंकुशता लाद्न खोज्ने उपकुलपतिका बिरुद्ध बिद्यार्थीहरु फेरीपनि एकै ठाउमा आउने वातावरणको सिर्जना स्वयम उपकुलपतिले निम्त्याएको समेत बताए ।

एकाध प्राध्यापकहरुलाई तलब भत्ता खुवाएर आफनो निरंकुश शासन लादन खोजेका उपकुलपतिले ठुलो मुल्य चुकाउनुपर्ने भन्दै क्याम्पस सञ्चालनमा स्थानिय नागरिक र स्थानिय सरकार समेत तयार रहेको र धम्किपुण पत्रका अगाडि घुँडा नटेक्ने ठोकुवा गरे ।
अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपानेले बिश्वबिद्यालय कार्यकारी परिषदको निर्णय क्याम्पसले मान्नुपर्छ भन्ने नरहेको भन्दै शान्तिपुर्ण निर्बाचन हुदै गरेका स्थानमा निर्वाचन स्थगित गरिनु खेदजन्य कार्य भएको बताए ।

कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओबादि केन्द्रका अबराज खडका, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुसाल, एकिकृत समाजबादि नगर सचिव शिब डागि, वाईसिएल केन्द्रिय सदस्य गिता शाहि, अनेरास्ववियुका सुर्य रोकाय, अखिल क्रान्तिकारीका राजेन्द्र बिष्ट, नेबिसंघका राम पाण्डे लगाएतले एक महिना सम्म बिद्यार्थीहरुलाई पढाईमा समेत असर परिरहेको परिप्रेक्षमा हुन लागेको स्ववियु चुनाव स्थगनले बिद्यार्थीहरुमा नकारात्मक असर पर्ने, अर्थिक भार पर्ने भन्दै स्ववियु चुनाव गर्न सबै पक्ष एकबद्ध भएको बताएका थिए । स्थानिय स्तरको आवाजलाई उपकुलपतिले नसुने यसबाट उत्पन्न हुने आन्दोलन र क्षतिको सम्पुर्ण जिम्मा उपकुलपतिले लिनुपर्ने जिकीर गरे ।

यो समाचार तयार पार्दा सम्म उपकुलपति स्ववियु चुनाव गर्न मिती तोक्न सकारात्मक रहेको बुझिएको छ जुम मिटिगं चलिरहेकाले अहिले नै केहि भन्न नसकिने बताउदै बागेश्वरी बहुमुखि क्याम्पस प्रमुख दान बहादुर हमालले सकारात्मक सन्देश आउनेमा आफु बिश्वस्त रहेको बताएका छन । अनौपचारीक कुराकानिमा उपकुलपति नन्द बहादुर सिंह एक दुई दिनभित्रमा स्थगित गरिएको स्ववियु चुनावका कार्यक्रमहरु सहज वाताबरण भएका क्याम्पसहरुमा गर्ने गरि मिति तोक्ने सकारात्मक रहेको अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपानेले कोहलपुर टाईम्सलाई बताए ।

Nabintech