१६ चैत्र २०८०, शुक्रबार
सूर्यमालालाई व्यस्त बनाउँदै निकेश खड्काले ल्याए ‘आमा’ गीत

  • टाइम्स संवाददाता

  • ३ चैत्र २०७९, शुक्रबार ११:१०

नेपालगञ्ज:चलचित्र निर्देशक समेत रहेका निर्देशक निकेश खड्काको निर्देशनमा ‘आमा’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।  सविसंगम राईको संगीतमा गायक नरेन्द्र राईले आफ्नी दिवंगत आमा बीन्द्रमाया राईको सम्झनामा गाएको गीतका शब्द जानुका राईले रचेकी हुन। भिडिओमा गायक नरेन्द्रले छोराको भूमिकामा आफैँले अभिनय गरेका छन् भने उनकी आमाको भूमिकामा सशक्त अभिनयकी धनी कलाकार सूर्यमाला खनाल छिन्।

सूर्यमाला खनाल लोकप्रिय अभिनेता सरोज खनालकी अर्धाङि्गिनीसमेत हुन्, जो नेपाली सिनेमा, नाटक र म्युजिक भिडिओमा बेलाबेला देखिइरहन्छिन्। ‘उहाँजस्तो कलाकारलाई हामी मेकरले चिन्दैनौँ, आज कति मान्छे निकै व्यस्त रहँदा उहाँजस्तो कलाकार खाली बस्न परेको छ। त्यसैले उहाँको सम्मानस्वरुप पनि मैले यसपटक उहाँसँग काम गर्ने मौका पाएँ, जुन निकै राम्रो अनुभूति भयो’, निर्देशक खड्काले भनेका छन्।

गायक नरेन्द्र राईको आमाप्रतिको माया र सम्झना समेट्दै आफूले रचना गरेको गीतलाई उनले साकार परिदिएको रचनाकार राईको भनाइ छ। उनले यो गीत हरेक सन्तानका लागि आमा सम्झिने एक गीत भएको बताएकी छन्। २०२३ फ्रेब्रुअरी १९ तारिखका दिन आमा गुमाएका गायक राईले यो गीत बनेपछि बल्ल मनमा शान्ति भएको र आमा सधैँ आफूसँगै रहेको अनुभूति भएको बताएका छन्।

Nabintech