१२ श्रावण २०८१, शनिबार
एक महिने आधारभुत ड्राङभिङ तालिमको समापन

  • टाइम्स संवाददाता

  • ३ चैत्र २०७९, शुक्रबार १६:११

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा महिलाहरुका लागि आयोजना गरिएको एक महिने आधारभुत ड्राङभिङ तालिमको समापन गरिएको छ । सिप सिकौं स्वरोजगार बनौं भन्ने मुल नाराका साथ महिलाहरुका निम्ती कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा बोहरा ड्राङभिङ सेन्टरले एक महिने महिलाहरुलाई आधारभुत ड्राङभिङ तालिमको आयोजना गर्दै आएको थियो ।

एक महिना सम्म ड्राङभिङ तालिम सिकेका सहभागिहरुलाई पुरस्कार वितरण सहित कार्यक्रमको समापन कार्यक्रममा कोहलपुर नगरपालिका कार्यपालिका सदस्य एबं आर्थिक विकास संयोजक अनिता बोहरा क्षेत्रिले लैङ्गिक समानताका निम्ति पनि महिलाहरु आफै जागरुक हुनुपर्ने भन्दै महिलाहरुको शशक्तिकरणका लागि नगरपालिकाले यस्तो तालिमको आयोजना गर्दै जाने बताईन ।

उन्ले महिलाहरु चुलो चौकोमा मात्र सिमित नभएर आफनो हातमा सिप भए आफनो घर ब्यबहार धान्न समेत सक्षम हुन सक्छन भन्ने मनसायले महिला लक्षित नै यो तालिमको ब्यबस्था गरेको बताईन । नगरपालिकाका प्रत्यक वडाबाट २ जनाका दरले ३० जनाको सहभागिता रहेको यस तालिममा सफल सहभागिहरुलाई कार्यपालिका सदस्य क्षेत्रिले प्रमाण पत्र समेत वितरण गरेकि थिईन ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विर बहादरु बि.क., ड्राङभिङ सेन्टरका देविलाल बोहरा समेत उपस्थित तालिम समापन समारोहमा ३० जना महिलाहरुले ड्राङभिङ लाईसेन्स प्राप्त गरि स्वरोजगारमा लाग्ने विश्वास गरिएको छ ।

Nabintech