१६ चैत्र २०८०, शुक्रबार
नगर प्रमुख आचार्यले गरे प्रथम कोहलपुर गोल्ड कपको उदघाटन

भोलि आईतवार साहार क्लब भारत र ब्वाईज युनियन क्लब काठमाण्डौबिच खेल हुने


  • टाइम्स संवाददाता

  • ४ चैत्र २०७९, शनिबार २०:५३

कोहलपुर, बांके: शनिबारदेखि कोहलपुरको १३ बिगाहामा आयोजना हुने प्रथम कोहलपुर गोल्ड कपको उदघाटन एक समारोहका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले गरेका छन ।

”स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल” भन्ने मुल नाराका साथ आयोजित प्रथम कोहलपुर गोल्ड कप खेलको पानसमा बत्ति बालेर उदघाटन गर्दै नगर प्रमुख आचार्यले कोहलपुर गोल्ड कपको पांचौ सस्करण सम्म कोहलपुर नगरपालिकाको अभिभाकत्व रहने बताएका छन । कोहलपुरको पर्या पर्यटनमा समेत टेवा पुग्ने यस्ता खेलहरुको आयोजनाबाट आर्थिक औषत समेत चलाएमान हुने भन्दै नगर प्रमुख आचार्यले रचनात्मक क्रियाकलापका लागि नगर सदबै सकारात्मक रहने जिकिर गरे ।

खेल क्षेत्र संभावनाहरुको खानि हो चुनौतिहरुलाई सामना गर्दै सुनौलो भबिष्य जोडने एक अवसरका रुपमा फुटवल खेललाई खेलाडिहरुले लिनुपर्ने भन्दै नगर प्रमुख आचार्यले खेल आयोजनाका क्रममा कुनै समस्या आईपरे स्थानिय सरकार सहयोग गर्न तयार रहेको बताए । आज चैत्र ४ गते देखि ११ गते सम्म हुने यो गोल्ड कप कोहलपुरका निम्ति ऐतिहासिक रहने चर्चा गर्दै खेलका माध्यमबाट कोहलपुरलाई चिनाउने यो सुअबसर समेत रहेको मेयर आचार्यको थप भनाई रहेको थियो ।

कोहलपुर रेसिङ्ग क्लबको आयोजनामा जारी प्रथम कोहलपुर गोल्ड कपको उदघाटन शत्रमा क्लवका उपाध्यक्ष बाल कुमार शर्माले उपस्थितलाई स्वागत गरेको कार्यक्रममा अध्यक्ष चक्र चिमाला खत्रिले गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लवका सचिव नबकिरण शाहले गरेका थिए ।

कोहलपुर गोल्ड कपको उदघाटन खेल कपिलबस्तु ११ र कोहलपुर रेसिङ्ग क्लबबिच भएको थियो । कपिलबस्तु ११ को लापरबाहि र एन्फाका रेफ्रिले गरेको निण्र्नय नमान्दा खेल उत्साहपुर्ण हुन सकेन आजको खेलमा कोहलपुर रेसिङ्ग क्लबले कपिलबस्तु ११ लाई एक का बिरुद्ध १५ गोल गर्दै बिजेता बन्न सफल भयो भने म्यान अफद म्याच कोहलपुर रेसिङ्ग क्लबका हरी कठाएत हुन सफल भए । भोलि आईतवार साहार क्लब भारत र ब्वाईज युनियन क्लब काठमाण्डौबिच खेल हुनेछ ।

 

Nabintech