१२ बैशाख २०८१, बुधबार
बागेश्वरी क्याम्पसमा अनेरास्ववियुको विरासत कायम

आफु अब सबैको शाझा अध्यक्ष भएको भन्दै सबै बिद्यार्थी संगठनका शाझा मुद्धालाई प्राथामिकताकासाथ लिपिबद्ध गर्ने


  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७९, सोमबार ०७:२०

कोहलपुर, बांके: बांकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसमा अनेरास्ववियुको प्यानल नै बिजयि भएको छ । यस अघि सम्म अनेरास्ववियु विजयी हुदै आएको यस क्याम्पसमा यसपालि पनि आफनो विरासत जोगाउन सफल भएको छ । हिज आईतवार सम्पन्न निर्बाचनमा जम्मा ११९२ मतदाता मध्य ९६० जनाले मतदान गरेका थिए ।

जस्मा अनेरास्ववियुका देबेन्द्र बहादुर बुढाले ४५४ मत सहित अध्यक्षमा विजय हासिल गरेका छन उनका निकटतम प्रतिद्धन्द्धि नेबिसंघकी टिका कुमारी शाहिले २४० र अखिल क्रान्तिकारीका लक्ष्मण आचार्यले २२४ मत ल्याएका थिए ।

सचिव पदमा पनि अनेरास्ववियुका महेन्द्र मल्ल ३१४ मत ल्याउदै विजयी भएका छन उनका प्रतिद्धन्द्धि नेबिसंघका युवराज बिष्टले २९९ र अखिल क्रान्तिकारीका दिपेन्द्र शाहिले ३०८ मत ल्याएका थिए ।
यसैगरि कोषाध्यक्ष पदमा अनेरास्ववियुकै सुरेश चदाराले ३१४ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धि नेबिसंघका नवराज बि.क.ले २८५ र अखिल क्रान्तिकारीका शान्ति बि.क.ले २६५ मत ल्याउन सफल भए ।

सदस्यहरुमा अनेरास्ववियुका सिर्जना मल्ल, तुलाराम भट्टराई, अभिशा बोहरा र तिर्थ कुमारी नकाल विजयी भएका छन । बागेश्वरी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियू बिच तालमेल रहेको थियो । कोषाध्यक्ष र एक जना सदस्य अनेरास्ववियू रहेका छन भने अध्यक्ष सहित अन्य पदाधिकारी अनेरास्ववियुका हुन ।

विजय भए पश्चात सम्बाददाताहरुसंग संक्षिप्त कुराकानि गर्दै अध्यक्षमा विजयी देबेन्द्र बहादुर बुढाले बिद्यर्थीहरुको हकहितमा दिलो ज्यानका साथ लाग्ने बताएका छन । विजय भएपछि आफु अब सबैको शाझा अध्यक्ष भएको भन्दै सबै बिद्यार्थी संगठनका शाझा मुद्धालाई प्राथामिकताकासाथ लिपिबद्ध गर्ने बताए ।

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा समानुपातिक तर्फको अन्तिम मतगणना गर्दा अनेरास्ववियुले ३७२ नेबि संघले २८५ र अखिल क्रान्तिकारीले १९२ मत ल्याउन सफल भएका छन । यो मत परिणाम अनुसार उपाध्यक्ष, सह सचिव  अनेरास्ववियुकै हुनेछन ।अन्य २ सदस्यमा अखिल क्रान्तिकारीबाट १ जना र नेबिसंघ बाट १ जना हुनेछन ।

 

Nabintech