७ बैशाख २०८१, शुक्रबार
शाझा कोहलपुरको चुनावमा पारसनाथको प्यानल विजयी

२०३५ सालमा स्थापना भएको कोहलपुरको सबै भन्दा पुरानो र जेठो सहकारीको रुपमा शाझा सहकारी रहेको छ


  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७९, सोमबार ०८:४०

कोहलपुर, बाँके : बाँकेको कोहलपुरमा रहेको सबै भन्दा पुरानो कोहलपुर सहकारी संस्था लि. शाझाको चुनावी कार्यक्रम सम्पन्न भएको छ । आईतवार अबेर सम्म जारी मतगणनाको अन्तिम मत परीणम अनुसार पारसनाथ थारुको प्यानल नै बिजयी भएको निर्बाचन समिती शाझाले जनाएको छ । नेकपा एमाले, नेकपा माओबादि र राप्रपा बिचको तालमेल रहेको पारसनाथ थारु नेतृत्वको टिमले नेकपा एकिकृत समाजवादि र नेपाली कांगे्रसले गरेको तालमेलको टिमलाई हराउदै विजयी भएको हो नागरिक उन्मुक्ति पार्टिले समेत आफना उम्मेदवारहरु एकल रुपमा चुनावी मैदानमा उतारेको थियो ।

कुल ९ हजार एक सय त्रिचालिस मतदाता रहेको शाझा सहकारीको चुनावमा यस अघि अध्यक्ष पदमा नेकपा एमालेका पारसनाथ थारु निर्बिरोध चयन भईसकेका थिए। बिभिन्न नौ पद मध्य जिल्ला प्रतिनिधीमा ६ जना, सञ्चालक समिति सदस्य पदमा १३ जना, लेखा समिती संयोजकमा ३ जना एबं लेखा समिती सदस्यहरुमा ६ जना गरि जम्मा २८ जना चुनावी मैदानमा रहेको शाझाको चुनावी मत परिणाम अनुसार राज मोहन थारु उपाध्यक्षमा निर्बाचित भएका छन ।

जिल्ला प्रतिनिधिमा गंगा बहादुर डाँगि सदस्यहरुमा आबिदली साई, उषा थापा मगर, देउकलि थारु र पशुपति थारु निर्वाचित भएका छन ।
लेखा समिती संयोजकमा कालि बहादुर वलि र सदस्यहरुमा डिला कुमारी तिवारी र तिरथराम तमोली निर्बाचित भएका छन ।
बगिया स्कुलमा सम्पन्न मतदान कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ वटै वडा र बैजनाथ गाउपालिकाका वडा नं. १,२ र ३ वडाका मतदाताहरुले मतदान गरेका थिए । २०३५ सालमा स्थापना भएको कोहलपुरको सबै भन्दा पुरानो र जेठो सहकारीको रुपमा शाझा सहकारी रहेको छ ।

Nabintech