१२ श्रावण २०८१, शनिबार
आयुर्वेद केन्द्रीय विद्यापीठ दाङमा अनेरास्ववियु विजयी

कुल १९७ मत रहेको क्याम्पसमा १८९ मत खसेको थियो


  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७९, सोमबार ०८:५४

दाङ :  नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको आयुर्वेद केन्द्रीय विद्यापीठ अनेरास्ववियुका हेमन्त बञ्जाडे विजयी भएका छन्। उनी ८३ मत प्राप्त गरी स्ववियु सभापति निर्वाचित भएका हुन्।  उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय प्रताप चोबेले ६१ मत प्राप्त गरेका थिए। त्यस्तै नेविसंघका वसन्त अधिकारीले ४५ मत प्राप्त गरे।
आयुर्वेद स्नातक तह (बीएएमएस ) पढाइ हुने आयुर्वेद केन्द्रीय विद्यापीठमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको हो।

यहाँ नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच चुनावी मोर्चा भएको थियो।  प्रत्यक्षतर्फको निर्वाचनमा सचिवमा अखिल क्रान्तिकारीका गणेश पौडेल विजयी भएका छन्।

कोषाध्यक्षमा अनेरास्ववियुका कुन्दनकुमार जैसवाल विजयी भएका छन्। सदस्यहरूमा अनेरास्ववियुबाट अपेक्षा पोख्रेल ,अनेरास्ववियु क्रान्तिकारीबाट रोशन चौधरी र मंगल थारू विजयी भएका छन्। त्यस्तै नेविसंघबाट सदस्यमा टेकेन्द्रबहादुर थापा विजयी भएका छन्।

कुल १९७ मत रहेको क्याम्पसमा १८९ मत खसेको थियो। संस्कृत विश्वविद्यालय अन्तर्गत जिल्लामा रहेका तीन क्याम्पसमध्ये आयुर्वेद केन्द्रीय विद्यापीठमा मात्रै निर्वाचन भएको हो। विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा नेविसंघले  विभिन्न माग राख्दै तालाबन्दी गरेको छ।

यस्तै गढवामा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा ( एकीकृत समाजवादी ) निकट अनेरास्ववियुका इवराज यादव सभापतिमा विजयी भएका छन्। प्रत्यक्षतर्फ निर्वाचनमा खसेको ११३ मतमध्ये ६३ मत प्राप्त गरेर यादव विजयी भएका हुन्।  स्ववियु सभापतिमा अखिल ( क्रान्तिकारी ) का गोविन्दप्रसाद यादव ४१ मत र अखिल ( क्रान्तिकारी ) वैद्यकी विशाल यादव ४ मत प्राप्त गरेर पराजित भए।

सचिवमा समाजवादी निकट अनेरास्ववियुकै पुष्पा खड्का विजयी भएको निर्वाचन अधिकृत ठाकुर खनालले दिए। कोषाध्यक्षमा अखिल क्रान्तिकारीका ओमप्रकाश यादव विजयी छन् सदस्यमा नेविसंघबाट टिका चौधरी, यमुना सुवेदी र अखिल छैटौँबाट मनिषा उपाध्याय विजयी भएकी छन्। क्याम्पसमा १७९ मतदाता रहेकोमा ११३ मत खसेको थियो।

 

Nabintech