१५ बैशाख २०८१, शनिबार
ज्ञानोदय बहुमुखीमा अनेरास्ववियु , जन सिद्धेश्वर बहुमुखीमा नेविसंघ र नर्सिङ्गमा अखिल (क्रान्तिकारी)विजयी

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७९, सोमबार १०:२६

कोहलपुर,बाँके: बाँकेको  ज्ञानोदय बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका विनयकुमार यादव १०१ मत प्राप्त गरी विजयी भएका हुन। उनका निकटतम प्रतिद्धन्दी अखिल क्रान्तिकारीका मो. सरिफ खाँले ६१ र नेविसंघका हिमाल पंगालीले ४८ मत प्राप्त गरेका थिए ।

यसैगरी सचिवमा ११७ मतसहित प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा ११० मत प्राप्तगरी विनिता पुन मगर विजयी भएका छन। यसैगरी सदस्यमा सपना थापा क्षेत्री १११, मो. उस्मान खाँ १०९ र निरुता थापा १०४ मतसहित विजयी भएका छन । मतदानमा कूल २२२ मत खसेको थियो । जसमध्ये समानुपातिकतर्फ अनेरास्ववियु १०७, नेपाल विद्यार्थी सङ्घ ५७ र अखिल क्रान्तिकारीले ५४ मत प्राप्त गरेका छन् ।

बाँकेको जन सिद्धेश्वर बहुमुखी क्याम्पस , फत्तेपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको छ ।नेविसंघका निरु चौधरी ८० मत ल्याएर अध्यक्षमा विजयी भएकी छन । कुल २०३ मत खसेकोमा अखिल क्रान्तिकारीका इन्द्रबहादुर थारुले ५८ मत प्राप्त गरेका थिए । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका बुद्धिराम थारुले ४४ र अनेरास्ववियुका हस्तबहादुर घर्ती मगरले १४ मत प्राप्त गरे ।

सचिवमा नागरिक विद्यार्थी समाजका गंगाराम थारु ७५ मत प्राप्त गर्दै विजयी भएका छन। कोषाध्यक्षमा अनेरास्ववियुका रमेशबहादुर थारु ७५ मत प्राप्त गरेर विजयी भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी सदस्यमा नेविसंघका कौशल बर्मा, ओमप्रकाश धोवी, अनामिका मौर्य, विपना घर्ती मगर र नागरिक विद्यार्थी समाजका विश्राम थारु विजयी भएका छन।

नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी)की दिपिका सोनी निर्वाचित भएकी छन । अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट अध्यक्ष पदमा साझा उम्मेदवारी दिएकी सोनीले ८१ मत प्राप्त गरी विजयी भएकी हुन ।

नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार निलिमा गिरीले ७८ मत प्राप्त गरिन । यसैगरी सचिवमा एमाले सम्वद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भइन । कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघका रेलुसा खत्री विजयी भएकी छन ।

Nabintech