८ बैशाख २०८१, शनिबार
झगडाको मुद्धा दर्ता नभएपछि (भिडियो सहित)

प्रहरी भने घटनाको मुुचुल्का उठाएर सबै सुचना संकलन पश्चात मात्र मुद्धा दर्ता गर्ने मनस्थितीमा


  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७९, सोमबार १४:२३

कोहलपुर,बाँके: बाँके बैजनाथ ५ गुरुवागाउमा शनिबार भएको झगडामा बिभिन्न घरेलु हतियार प्रहारबाट घाईते भएका सोहि ठाउ निबासि राम निवासका छोरा काशिराम यादव सख्त घाईते भएका छन । घाईते यादवको कोहलपुर स्थित मेडिकल कलेजमा उपचार भईरहेको छ भने सोहि झगडामा काशिरामका ८ बर्षिय छोरा मुकेश यादबको ढाड भाँचिएको छ भने बाबु राम निवास नि घाईते भएको स्थानियहरुले पत्रकारहरुसंगको भेटघाटमा बताए ।

सप्पल, खुर्पा लगाएत हातहतियारले जस्लाई देखे नि हिर्काउदै हिडेका अयोध्या प्रसाद यादवका छोरा राम किशोर यादबलाई मुद्धा चलाउन भन्दै आईतवार देखि पिडित पक्षहरु ईलाका प्रहरी कार्यालय कोहपुर आए पनि मुद्धा दर्ता हुन सकेको छैन । किन मुद्धा दर्ता गर्न ईन्कार गरिएको हो भन्ने प्रश्नमा प्रहरीसंग चित्तबझदो जवाफ नपाएको पिडितहरुको भनाई रहेको छ । यता प्रहरी भने घटनाको मुुचुल्का उठाएर सबै सुचना संकलन पश्चात मात्र मुद्धा दर्ता गर्ने मनस्थितीमा रहेको छ ।

केहि बर्ष अघि अयोध्या प्रसाद यादवकी छोरीसंग काशिरामले लभ चक्कर चलाएको र हिज मात्र छोरी घर आएकोमा बेलुका पख एकाएक हराएपछि काशिरामले गाउमा तान्डब मच्चाएको बताईएको छ । यता मुद्धा दर्ता नभएपछि ईलाका प्रहरी कार्यालय परिसरमा रहेका पडित पक्ष गाउलेहरुले स्पोटमै पत्रकार भेटघाट गरेर न्याएका लागि पहल गरिदिन अपिल समेत गरेका छन । हेर्नुहोस भिडियो जस्ताका तस्तै

Nabintech