११ श्रावण २०८१, शुक्रबार
बाँके बर्दियाका बिद्यार्थीहरुले जारी गरे संयुक्त बिज्ञप्ति

स्वतन्त्र विद्यार्थी युनियनको परिणामबाट अत्तालिएको त्रिभुवन विश्वविद्यालयले बिद्यार्थीहरुको अपिललाई सम्बोधन नगरेको खण्डमा उत्पन्न हुने जुनसुकै परिणम परिक्षा नियन्त्रण कार्यालयले लिनुपर्ने


  • टाइम्स संवाददाता

  • ९ चैत्र २०७९, बिहीबार १३:४३

कोहलपुर, बाँके: बाँके र बर्दियाका बिद्यार्थीहरुले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै त्रिबिले चैत्र १२ गतेबाट शुरु हुने स्नातक तह चौथो बर्षको परीक्षा केन्द्र हटाएको भन्दै आपत्ति जनाएका छन । उनीहरुले बिद्र्याीहरुलाई दुख दिने अभिप्रायले चल्दै आएका ५ केन्द्र मध्य तीन केन्द्र हटाएर भुगोल, समय र प्राकृतिक नियम भन्दा बाहिर गएको आरोप लगाएका छन ।यस्तो अब्यबहारीक, अबैज्ञानिक र असान्धर्भिक निर्णयले परीक्षार्थीहरुमा भौतिक, नैतिक, आर्थिक, सामाजिक समस्या उत्पन्न हुने भन्दै त्रिबि परीक्षा नियन्त्रण कार्यालयले गरेको निर्णय यथाशिघ्र खारेज गर्नुपर्ने र पुरानै परिक्षा केन्द्रहरु कायम गरि परीक्षा सञ्चालन गरिनुपर्ने संयुक्त बिद्यार्थीहरुको बिज्ञप्तिमा भनिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको परिणामबाट अत्तालिएको त्रिभुवन विश्वविद्यालयले बिद्यार्थीहरुको अपिललाई सम्बोधन नगरेको खण्डमा उत्पन्न हुने जुनसुकै परिणम सामनाका निम्ति परीक्षा नियन्त्रण कार्यालय स्वयम हुने भन्दै महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जका स्ववियु अध्यक्ष माधव खत्रि, बर्दिया बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष देवराज अधिकारी, बाँसगढि बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष हरीकला अधिकारी, चुरे बहुमुखि क्याम्पस बगनाहका स्ववियु अध्यक्ष बिश्वास शाह, शारदा बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष अरुण थारु, जन सिद्धेश्वरी बहुमुखि पब्लिक क्याम्पसका स्ववियु अध्यक्ष निरा थारु, गुराश बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष संजोग श्रेष्ठ, ज्ञानोदय बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष विनय यादव र जनसेवि बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष लक्ष्मि प्रसाद न्यौपानेद्धारा जारी बिगप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

Nabintech