११ कार्तिक २०८१, आईतवार
कोहलपुरमा विश्व पानी दिवस

  • टाइम्स संवाददाता

  • ९ चैत्र २०७९, बिहीबार १६:५२

कोहलपुर: पानी हाम्रो जिवनको लागि नभैइ नहुने अपरिहार्य तत्व हो, पानी बिना मान्छेको जीवन संभव नै छैन । ‘सुधारौ बानी, पिउने गरौ सुरक्षित पानी’ भन्ने मुल नाराका साथ आज ३१ औं विश्व खानेपानी दिवस दिवस मनाईएको छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बिहीबार कोहलपुरमा विश्व पानी दिवस मनाईएको हो ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रमका साथै सुरक्षित खानेपानीको दीगो व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत कोहलपुरमा सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला महासंघ बाँकेको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

पानीको महत्व बुझाउँदै पानी सुरक्षित र खेर नफाल्न अनुरोध गर्दै कोहलपुर बसपार्क चौराह र चपरगौडीमा बटुवाहरुलाई पानी बितरण गरिएको थियो । पानी बितरण अभियान सङ्गसङ्गै सरोकारवाला निकाय र उपभोक्ता बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम चलाईएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का संघीय सांसद सुर्य ढकालले बाँके जिल्लामा रहेको खानेपानीको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बर्खामा खानेपानीका नल्काहरु सुक्ने पानीको सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका तालतलैयाहरूको संरक्षण गर्न आवश्यक रहेको बताए । साथै खानेपानीको समस्या समाधानका लागि खानेपानी डिभिजन कार्यालय बाँके, स्थानीय सरकारसंग समवन्य गरेर काम गर्ने समेत बताए । उनले सहरी क्षेत्रमा वर्षातको पानीमार्फत भूमिगत पानीका स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिए दिए ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले दिगो विकास र लक्ष्य प्राप्तिका लागि सुरक्षित कार्यक्रम, सरसफाई तथा स्वच्छता परियोजना अनुसार खानेपानि तथा स्वच्छताको अवस्थालाई मध्यनजर गरी एक घर एक धारा निर्माणमा जोड दिने बताउनुभयो । खानेपानीमा समुदायको पहुँच बढाउन नगरपालिका भित्र रहेका खानेपानी आयोजनाहरुलाई पालिका स्तरिय खानेपानी बोर्डको गठन गरीने बताए । कार्यक्रममा, बिभिन्न राजनैतिक दलका जनप्रतिनिधि, संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार, आम जन समुदाय लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

Nabintech