५ जेष्ठ २०८१, शनिबार
पर्यापर्यटनको गन्तब्य गाभर भ्यालि अब राष्ट्रपति चुरे कार्यक्रमसंग जोडिदै

एकतातिर चुरे संरक्षण हुने र अर्कोतिर आएआर्जनको बाटो समेत हुने भएकाले गाभर भ्यालि छनौटमा


  • प्रमोद रिजाल

  • १० चैत्र २०७९, शुक्रबार २१:१४

कोहलपुर,बाँके:घरबास र पर्यापर्यटनको रुपमा चिनिएको गाभर भ्यालि अब राष्ट्रपति चुरे कार्यक्रमसंग जोडिने भएको छ । बैजनाथ गाउपालिका वडा नं. १ मा रहेको लायन्स गाभर पार्क भित्र करीब ३० लाखको राष्ट्रपति तराई मधेश चुरे कार्यक्रम अन्तरगत पार्क संरक्षण सम्बद्र्धनमा आज बाँकेको बैजनाथ गाउपालिकामा भएको द्धिपक्षिय सम्झौता पश्चात गाभर भ्यालि राष्ट्रपति चुरे कार्यक्रमसंग जोडिने भएको हो ।


जनताको रहर हरित शहर नारा सहित सञ्चालित राष्ट्रपति चुरे कार्यक्रम बैजनाथ गाउपालिका, लायन्स क्लव गाभर र राष्ट्रपति चुरे परियोजना कार्यालय लम्कि संगको साझेदारिमा २० बिगाह क्षेत्रफलमा करिब २० हजार रैथाने,वातावरणमैत्रि, बहुबर्षिय एबं बहुजातिय बिरुवाहरु रोपेर पार्कलाई हरित पार्क बनाउन लागिएको हो ।

पालिकासंगको सम्झौता पश्चात शुरु गरिने भनिएको यो परियोजना आज शुक्रबार सम्झौता गर्दै शुरु गरिएको छ । हरित उद्यम र घरबासलाई समेत टेवा पुगि आएआर्जनलाई समेत जोडिएर हेरिएको यस परियोजना सम्पन्न पश्चात थप आर्कषक गन्तब्यको रुपमा गाभर भ्यालिलाई हेरिने लायन्स क्लव गाभरले बिश्वास लिएको छ ।

राष्ट्रपति तराई मधेश चुरे कार्यक्रम बोर्डका सदस्य भेषराज आचार्य र बैजनाथ गाउपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहिले बाँके जिल्लाकै गौरवको रुपमा रहेको गाभर भ्यालि संरक्षण सम्बद्र्धनमा टेवा पुग्ने हेतुले सम्झौता सम्पन्न गरेको जनाएका छन ।

शहरको सांघुरो ठाउमा भन्दा पनि शहरसंग जोडिएको गाउलाई मनोरञ्जन स्थल तथा पिक्निक स्पट बनाएर पर्यापर्यटनसंग जोडि एकतातिर चुरे संरक्षण हुने र अर्कोतिर आएआर्जनको बाटो समेत हुने भएकाले गाभर भ्यालि छनौटमा परेको आचार्यको भनाई छ ।
गाउपालिकाले समेत यस कार्यक्रमलाई अपनत्व ग्रहण गर्न तयार रहेको भन्दै बिरुवा ,मल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । गाउपालिकाका अध्यक्ष शाहिले सहकार्य र समन्वय नहुदा यस्ता जनचासोका कार्यक्रमहरु ओझेलमा पर्ने भन्दै आफनो पालिकाको हरेक बिषयमा आफनो उपस्थिती रहने बताए ।

पार्क भित्रको सौन्दर्यकरणमा मुख्य रुपमा ध्यान दिईने र बाहिरबाट आउने पाहुनाहरुलाई छुट्टै किसिमको आनन्दानुभुति दिने गरि पार्कको विकासमा आफुहरु लागि परेको भन्दै होम स्टे गाभरका अगुवा कृष्ण चौधरीले विरुवाहरु रोप्नका लागि नभएर साँच्चिकै हरित बनाउन रोपिने बताए ।

हरेक बर्ष ३० हजार जनाले भिजिट गर्ने यस क्षेत्रमा भदौ, असोज र कार्तिकमा निकै भिडभाड हुने गरेको स्थानियहरुको भनाई रहेको छ । सार्बजनिक बिदा, पर्व र पिक्निकका लागि बाँके बर्दिया देखि मानिसहरुको बाक्लो उपस्थिती रहने गरेको यस क्षेत्रमा परियोजना सम्पन्न पश्चात बार्षिक १ लाख आन्तरिक पर्यटक भित्र्याउने र स्थानिय आर्गेनिक खाना संगै बाताबरण अनुकुल बसाईको ब्यबस्था गरेर थप गाभरलाई चिनाउन मद्धत पुग्ने गाभरबासिहरुले अपेक्षा लिएका छन ।

परियोजनाबारे जानकारी दिंदै राष्ट्रपति चुरे कार्यक्रम बोर्ड सदस्य भेषराज आचार्य

 

Nabintech