२३ बैशाख २०८१, आईतवार
मिटरब्याज पीडितलाई प्रहरीले टंगालमै रोक्यो, भद्रकालीतर्फ आउँदै

राति मातातीर्थमा बास बसेका पीडितहरुलाई गृहमन्त्रालयका प्रवक्ताले बासस्थानमै पुगेर सरकारले न्याय दिने भन्दै घर फर्कन आग्रह


  • टाइम्स संवाददाता

  • १४ चैत्र २०७९, मंगलवार १०:३१

काठमाडौं : सुदखोरले उठिबास बनाएको भन्दै बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुलाई प्रहरीले बालुवाटार नजिकै टंगालमा रोकेको छ।  उनीहरुसँग वार्ता गर्न भन्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा र काठमाडौंका सिडिओ घनश्याम उपाध्याय टंगाल पुगे। प्रधानमन्त्रीसँगै भेटेर न्याय माग्ने भन्दै बिहान रत्नपार्कबाट हिँडेका पीडितहरुलाई टंगालस्थित पिपलबोट छेउमा प्रहरीले रोकेको ठाउँमै गृहमन्त्रालयका कर्मचारीहरु पुगेका हुन्।

तर, पीडितहरु भने प्रधानमन्त्रीलाई नै भेटेर आफ्ना कुरा राख्ने अडान दोहोर्याए। बालुवाटार निषेधित क्षेत्रमा पर्ने भन्द्र प्रहरीले उनीहरुलाई अघि बढ्न दिएनन्। गत  राति मातातीर्थमा बास बसेका पीडितहरुलाई गृहमन्त्रालयका प्रवक्ताले बासस्थानमै पुगेर सरकारले न्याय दिने भन्दै घर फर्कन आग्रह गरेका थिए। तर, उनीहरु सोमबार दिउँसो खुल्ला मञ्चमा आइपुगे। राजनीतिक कार्यक्रम र प्रदर्शनीका लागि बनाइएको खुल्लामञ्चभित्र उनीहरुलाई प्रदेश गनै रोक लगाइयो र गेट थुनियो।

सोमबारको रात पीडितहरुले सडकमै सुतेर बिताए। र, बिहानै प्रधानमन्त्रीलाई भेट्ने भन्दै बालुवाटारतर्फ लागे। गृह प्रवक्ता शर्माले पीडितहरुलाई न्याय दिन कानुन बनाउने प्रयास भइरहेको बताएका छन्। साथै उनले प्रधानमन्त्रीसँग भेटका लागि पहल गर्ने आश्वासनसमेत दिएपछि उनीहरु धर्ना बस्न ट‌ंगालबाट भद्रकालीतर्फ फर्किएका छन्।

पीडितहरुलाई भेट्न मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुगेका थिए। उनले पीडितहरुको धर्नामा ऐक्यवद्धता जनाएका थिए। मातातीर्थमा बास बसेका पीडितलाई भेट्न सोमबार सिके राउतसहित जनमत पार्टीका नेता पुगेका थिए।

Nabintech