२३ बैशाख २०८१, आईतवार
डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

वर्सेनि मानवीय क्षतीका घटना भइरहेकाले थप घटना नहोस् भन्ने उद्देश्यले बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध


  • टाइम्स संवाददाता

  • १४ चैत्र २०७९, मंगलवार १०:३४

 कोहलपुर: कोहलपुर नगरपालिकाले डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाएको छ । उक्त खोलामा केही दिन अघि डुवेर कोहलपुरका दुई जना बालकको मृत्यु भएको थियो । विगतका वर्षमा पनि नुहाउने र पौडी खेल्नेक्रममा युवाहरुले ज्यान गुमाएका थिए । वर्सेनि मानवीय क्षतीका घटना भइरहेकाले थप घटना नहोस् भन्ने उद्देश्यले बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष गौरा भट्राईले जानकारी दिनुभयो।

बन्दा क्षेत्र वडा नं.१० र १३ को बीचमा पर्छ । चटार गाउँदेखि सिम्रीजाने बाटोको बीचको डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको वोर्ड वारि र पारी दुवै ठाउँमा राखिएको पनि थापाले जानकारी दिनुभयो । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार उक्त क्षेत्रमा नगर प्रहरी र इप्रकाको टोलीले अनुगमन समेत गर्नेछ ।

Nabintech