२३ बैशाख २०८१, आईतवार
नमुना बिधा सदनमा अध्यनरत कक्षा १२ का बिद्यार्थीहरुको बिदाई (फोटो फिचर)

जोडिनु र बिछोडिनु नियमित प्रक्रिया


  • टाइम्स संवाददाता

  • १४ चैत्र २०७९, मंगलवार १४:४०

कोहलपुर,बाँके: बाँकेको कोहलपुर ८ मा रहेको नमुना बिधा सदन इङलिस बोडिङ स्कुलमा कक्षा ११  मा अध्यनरत बिद्यार्थीहरुले आफु भन्दा सिनियर ब्याजका कक्षा १२ का अग्रजहरुलाई बिदाई गरेका छन । आगामि शैक्षिक यात्रामा सफलताको कामनासंगै उज्जवल भबिष्यको कामना गर्दै मायाको चिनो सहित दोसल्ला ओढाई बिदाई गरेका हुन । आगामी दिनहरुमा शैक्षिक प्रगतिको कामना गर्दै बिद्यालयका कार्यकारी निर्देशक शिव डाँगिले शुभकाना मन्तब्य ब्यक्त गर्दै बिद्यालयमा अध्यनरत रहदा देखाएको अनुशासन,लगनशिलता र ईमान्दारितालाई समेत प्रशंसा गरे ।

कक्षा ११ मा अध्यनरत छात्र सुरज पोख्रेलको अध्यक्षताम भएको बिदाई कार्यक्रममा बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दान बहादुर हमालले जोडिनु र बिछोडिनु नियमित प्रक्रिया रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका हमालले उच्च अनुशासन नै बिद्याथीहरुको गहना भएको औंल्याउदै सफल हुन छ भने लगनशिलताको पनि उत्तिकै अपरिहार्यता रहेको बताए ।

बिदाई कार्यक्रममा बिद्यार्थीहरुले बिदाई झल्किने बिभिन्न कला प्रस्तुत गरेका थिए । बिदा भएर जाने बालबालिकाले मायाको चिनो ग्रहण गर्दै बिद्यालयले आफुहरुलाई सत्मार्गमा हिडन प्रेरीत गरेको कुरालाई सधै आत्मसाथ गर्ने बताउदै बिद्यालयको नाम राख्न उच्च मेहनतका साथ अध्यनमा लाग्ने बताएका छन । कार्यक्रममा सरस्वती माबि का प्रधानाध्यापक बिसाखर जैसि, शिक्षकहरु हरि चन्द, भरत खडका लगाएतको उपस्थिती रहेको कार्यक्रमको कक्षा ११ का छत्राहरुले गरेका थिए ।

 

Nabintech