१२ श्रावण २०८१, शनिबार
अब वडाबाट मेलमिलाप, न्यायिक समितीलाई सहज हुने

पुराना मेलमिलापकर्ताहरुलाई नगरपालिकाले खोजविन गरि सुचिकृत गर्नुपर्ने


  • टाइम्स संवाददाता

  • १४ चैत्र २०७९, मंगलवार १८:१७

कोहलपुर:कोहलपुर नगरपालिकाले १५ वटै वडाबाट मेलमिलाप हुने गरि जनशक्ति तयार पारेको छ । नगरपालिकाले आठ दिवसिय ४८ घण्टे कानुन र मेलमिलापबारे ३० जना मेलमिलापकर्ताहरुलाई तालिम प्रदान गरेपछि न्यायिक समितीमा समेत मेलमिलाप सम्बन्धि मुद्धा कम आउने नगरपालिकाले अपेक्षा लिएको छ ।

चैत्र ५ गते देखि हाम्रो समस्या हाम्रो समाधान नै मेलमिलाप भन्ने मुल नाराका साथ आयोजना गरिएको मेलमिलाप सम्बन्धि आठ दिवसिय आधारभुत तालिमको समापन गर्दै लुम्विनी प्रदेश सभा सदस्य माननिय सञ्जु कुमारी थारुले पुराना मेलमिलापकर्ताहरुलाई नगरपालिकाले खोजविन गरि सुचिकृत गर्नुपर्नेमा जोड दिईन । उनले सेलर्ड संस्थाको पहलमा वडा वडामा मेलमिलापकर्ता भएकोमा दक्ष जनशक्ति पलाएन हुनु दुखद रहेको भन्दै प्रमाण पत्रका लागि मात्र तालिमलाई लिन नहुने जिकिर गरिन ।

आफु नगरपालिकामा हुदा नियम कानुन समेत नबनेका कारण न्यायिक समितीलाई काम गर्नै कठिनाई भएको स्मरण गर्दै प्रदेश सांसद थारुले फौजदारि तथा सरकारपक्ष बादि हुने मुद्धा बाहेक अरु मुद्धा वडामै मेलमिलाप मार्फत सम्पन्न गर्न सकिने बताईन ।

कोहलपुर नगरपालिका न्यायिक समितीको आयोजनामा सम्पन्न तालिम समापन समारोहमा सामाजिक विकास समिती संयोजक ईश्वरी प्रसाद बिश्वकर्मा, वडा नं. ८ का वडाअध्यक्ष लाल बहादुर राना , प्रशिक्षक देवीराम भण्डारी, सहभागिको तर्फबाट रामसिंह बि.क , जानकी पुन अधिबक्ता कर्ण के.सि. लगाएतले मेलमिलापबारे आ आफनो धारणा राखेका थिए ।

सिकेका कुराहरु ब्यबहारमै लागु गर्ने प्रतिबद्धता जनाएका सहभागिहरुले गाउघरमै मुद्धा मामिला मिलापत्र गराएर न्यायिक समितीलाई कम भार पर्नेगरि आफुहरुले काम गर्ने प्रतिबद्धता जनाएका छन ।

कोहलपुर नगरपालिका न्यायीक समितीका संयोजक तथा उप प्रमुख संगिता सुबेदीको अध्यक्षतामा आयोजित समापन समारोहमा वडा नं. १२ का वडाअध्यक्ष विरेन्द्र कुमार शाह, वडा नं. ५ का वडाअध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं. ६ का वडाअध्यक्ष श्री कृष्ण थारु, वडा नं. ७ का वडाअध्यक्ष ठग्गा थारु, वडा नं. ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगि, वडा नं. का वडाअध्यक्ष लाल बहादुर राना, वडा नं. १३ का वडाअध्यक्ष डम्मर खडका र वडा नं. २ का वडाअध्यक्ष हरि कठायतको समेत उपस्थिती रहेको थियो ।

नेपाल महिला न्यायधिस मञ्चको सहजिकरणमा सम्पन्न तालिममा महिला पुरुष गरि ३० जनाको सहभागिता रहेको थियो ।

Nabintech