१२ श्रावण २०८१, शनिबार
नगरप्रमुख आचार्यको अभ्यास जनतासँगै जनप्रतिनिधि

आचार्य सामाजिक सञ्जालमा आउने गरेका टिप्पणीमा पनि उत्तिकै संवेदनशील र चनाखो पाइन्छन


  • टाइम्स संवाददाता

  • १५ चैत्र २०७९, बुधबार १३:४२

कोहलपुर,बाँके: नागरिक तहमा राजनीतिक नेतृत्व, दल र जनप्रतिनिधिसंग व्यापक असन्तुष्टि छ,’ मंगलवार बिहान कोहलपुर ६ बालबिद्या टोल र कोहलपुर ११ सैनिक पेन्सन क्याम्प पुगेपछि कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले भने, हामीसंगको सिमित श्रोत र साधनलाई आवश्यकताका आधारमा कसरी परिचालन गर्न सकिन्छ हाम्रो यत्ति मात्र सोचाई रहन्छ ।

जनस्तरमा भेटघाट र छलफलबाट रचनात्मक सुझाव प्राप्त भईरहेको भन्दै नगर प्रमुख आचार्यले सामाजिक सञ्जालमार्फत सुझाव पनि माग गरेका छन् । जनतासँग मेयर कार्यक्रम लिएर सर्वपक्षीय, सर्वदलीय सहभागितामा सार्वजनिक रुपले प्रस्तुत हुँदै आएका आचार्यको यो मंगलवारको भेटघाट औपचारिक भने थिएन ।

औपचारिक रुपमा ‘जनतासँग मेयर’ कार्यक्रम लिएर गाउँवस्ती, वडा वडामा पुगिरहेका नगर प्रमुख आचार्य अनौपचारिक रुपमा टोलटोलमा पुगिरहेको देखिन्छन् । जनताका धेरै अपेक्षा रहेको औल्याउँदै भन्छन्, ‘टोल वस्तीमा नियमित नजाने हो भने झनै आक्रोश बढ्छ भनेर जति आलोचना सुन्नुपरे पनि टोलटोलमा पुग्ने गरेको छु ।’

टोलवस्तीमा जाँदा ‘बास्तविक र मसिना समस्या सुन्न पाइने’ कोहलपुरका नगर प्रमुख आचार्यको अनुभव छ । यसलाई निरन्तरता दिंदै अगाडी बढ्ने अठोट पनि आचार्यको देखिन्छ । आफ्ना कार्यसम्पादनमा जनसहभागितालाई प्राथमिकतामा राखेका नगर प्रमुख आचार्यले नगरपालिकाको नीतिगत सुधारमा सघाउ पुग्ने गरि योजना निर्माण तथा कार्यक्रम चयनमा ‘भिजन कम्पिटिसन’ नै आव्हान गरेका छन् ।

चालू आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अन्तरगत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञ समूह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन सार्वजनिक प्रस्ताव माग गरेका नगर प्रमुख आचार्य सामाजिक सञ्जालमा आउने गरेका टिप्पणीमा पनि उत्तिकै संवेदनशील र चनाखो पाइन्छन् । भिजन कम्पिटिसनमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ प्रदान गरिने ‘आकर्षक अफर’ गरेको कोहलपुरले प्रथम हुने प्रस्तावक वा विज्ञलाई नगरपालिकाको सद्भावना दूत वा विज्ञ समूहमा नियुक्त गर्न सकिने योजना बनाएको छ ।

‘कुनै टोलबाट कुनै टिमले बिकास निर्माणसंग जोडेर पालिकामा डेलिगेसन आउने खबर पाएँ भने आफै टोलमा पुग्ने गरेको छु,’ जनतासँग जोडिएर आगामी योजनामा जुटेका कोहलपुरका नगर प्रमुख आचार्यलाई चिन्ता छ, ‘उनीहरुका अपार अपेक्षालाई सिमित साधनस्रोतबाट कसरी सम्बाधन गर्न सकिएला ’ ।

 

 

Nabintech