६ जेष्ठ २०८१, आईतवार
सुचना अधिकारीको छडके नरैनापुर गाउपालिकाका पुरै कर्मचारी अनुपस्थित

विहान भएको अनुगमनमा स्वास्थ्य शाखा, कम्प्युटर शाखा र पञ्जीकरण शाखामा कार्यालय सहयोगी र फिल्ड सहायक मात्र उपस्थित


  • टाइम्स संवाददाता

  • १७ चैत्र २०७९, शुक्रबार १२:०३

नरैनापुर,बाँके: बाँकेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारीले आज गरेको अकस्मिक अनुगमनमा पूरै गाउँपालिका कर्मचारी अनुपस्थित पाइएका छन् । आज शुक्रवार विहान ठिक १० बजे सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले गरेको अनुगमनमा प्रशासकीय अधिकृत देखि सबै शाखाका कर्मचारीहरु अनुपस्थित पाइएका हुन् ।

लामो समय देखि कर्मचारी नआउने, आएपनि सेवाग्राहीको काम नगर्ने गुनासो आइरहेकोले अनुगमन गरिएको हो, नेपालगन्ज न्युज संग कुरा गर्दै सूचना अधिकारी मिश्राले भने, यस विषयमा प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षको ध्यानाकर्षणका लागि जानकारी गराइएको छ । विहान भएको अनुगमनमा स्वास्थ्य शाखा, कम्प्युटर शाखा र पञ्जीकरण शाखामा कार्यालय सहयोगी र फिल्ड सहायक भेटिएका छन् ।

त्यस बाहेक कृषि शाखा, पशु शाखा, शिक्षा शाखा, रोजगार शाखा, महिला तथा बालबालिका शाखा, न्यायिक समिति, योजना शाखा, लेखा शाखा, पूर्वाधार शाखा र जिन्सी शाखा बन्द अवस्थामा पाइयो । उल्लेखित शाखाका कर्मचारीहरु बुधवार देखिनै अनुपस्थित रहेको कार्यालय श्रोतले जनाएको छ । उनीहरुको अनुपस्थित हुने सम्बन्धमा गाउँपालिकामा कुनै विदा स्वीकृत नरहेको र हाजिरी रजिष्टरमा उपस्थित समेत नरहेको पाइएको हो ।

Nabintech