१२ बैशाख २०८१, बुधबार
डोल्पामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार दैलेखका रेग्मी भेरीमा बेपत्ता

रेग्मि मुड्केचुला गाउँपालिका– १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँमा बिहीबार साँझ गस्तीमा गएका थिए


  • टाइम्स संवाददाता

  • १७ चैत्र २०७९, शुक्रबार १५:१५

डोल्पा: इलाका प्रहरी कार्यालय काइगाउँ डोल्पामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जोशीराम रेग्मी बेपत्ता भएका छन्। बिहीबार बेलुकी गस्तीकै क्रममा काइगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीले जानकारी दिए।

दैलेखको नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय रेग्मीको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको डीएसपी बुढाथोकीले जानकारी दिए। मुड्केचुला गाउँपालिका– १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँमा बिहीबार साँझ गस्तीमा गएका थिए।
त्यही क्रममा ३० मिटर तल खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनास्थलमा झोला फेला परेको छ।  पानी परिरहेको र खोँच रहेकाले खोजी कार्यमा समस्या भइरहेको पनि बुढाथोकीले बताए।
Nabintech