६ जेष्ठ २०८१, आईतवार
राँझा विमानस्थलमा सुबिधायुक्त नयाँ टर्मिनल भवन निर्माण हुदै

राँझा बिमानस्थल करिब ५८ बर्ष पहिले १९६१ मार्च १५ देखि पहिलो उडान भएको इतिहास


  • टाइम्स संवाददाता

  • १९ चैत्र २०७९, आईतवार १७:१६

नेपालगन्ज: बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित राँझा विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण कार्य तीब्र गतिमा भइरहेको छ । ३ अर्ब रुपैयाँको लागतमा सुबिधायुक्त नयाँ टर्मिनल भवन निर्माणको काम जारी छ ।

टर्मिनल भवन निर्माणको ठेक्का पाएको शर्मा एण्ड कम्पनी काठमाडौंले  नयाँ टर्मिनल भवनको काम सन्  २०२२ डिसेम्बर १६ बाट सुरु गरेको हो । कम्पनीले सम्झौता अनुसार काम सन्  २०२५ डिसेम्बर १५ मा सकिसक्नुपर्नेछ ।

नयाँ टर्मिनल भवनको  काम सुरु भएको करिब तीन महिनाको अबधिमा बेसमेन्टको १८ प्रतिशत काम पूरा भइसकेको निर्माण स्थलमा खटिएका इञ्जिनियर कमल पौडेलले जानकारी दिए । नयाँ टर्मिनल भवन तीन तले र पूर्ण अपाङ्गमैत्री निर्माण गर्न थालिएको छ । ४ हजार ४ सय ३८ वर्गमिटर क्षेत्रफलमा नयाँ तीन तले टर्मिनल भवन निर्माण गर्न थालिएको छ ।

जबकी बिमानस्थलको पुरानो एक तले टर्मिनल भवन जम्मा दुई हजार स्क्वायर मिटर क्षेत्रफलको मात्रै छ । नयाँ टर्मिनल भवन निर्माण भई प्रयोगमा आएमा पुरानो संरचनाहरु भत्काइनेछ । नयाँ टर्मिनल भवनको क्षेत्रफल ४४६० दशमलब ६६ स्क्वायर मिटरको रहेको छ । यात्रुको क्षमता अन्तरगत डोमेष्टिक डिपार्चर हलको ४४८ सिट र अराइभल वइटिङ लाउन्चको सिट क्षमता २२० रहेको इञ्जिनियर पौडेलले बताए ।

नयाँ भवनको २२ प्रतिसत संरचना ब्यापारिक प्रयोजनका लागि छुट्याइएको छ । त्यसमा ७२ वटा पसल राख्न मिल्नेछ भने तीन वटा क्याफेटेरिया हलहरु निर्माण गरिनेछ । तीन वटा भिआइपी रुम, दुई वटा चिल्ड्रेन प्ले एरिया र थप दुई वटा अलग ‘स्मोकिङ जोन’ लागि कोठाहरु निर्माण गरिँदैछन् ।

पछिल्लो समय राँझा बिमानस्थलमा हवाइ उडानको संख्या र यात्रुको चाप बढ्दै गएको तथ्याङ्कले देखाउँछ । सन्  २०२२ को तथ्याङ्क अनुसार दैनिक औसत १५०० सय ५२ यात्रु यो बिमानस्थलबाट आवातजावात गर्ने गरेका छन् । त्यही भएर पूरानो संरचनाले धान्न सक्ने अबस्था नरहेको हुँदा नयाँ टर्मिनल बनाउन लागिएको हो ।

राँझा बिमानस्थल करिब ५८ बर्ष पहिले १९६१ मार्च १५ देखि पहिलो उडान भएको इतिहास छ। आइसिएको बर्गिकरण अनुसार यो एयरपोर्ट थ्री सी अन्तरगत पर्ने गर्छ । १६६ विघा क्षेत्रफलमा फैलिएको विमानस्थलको अहिलेको धावन मार्गको लम्बाई १७०० मिटर र चौडाइ ३० मिटरको रहेको छ । सुबिधा युक्त नयाँ टर्मिनल भवन निर्माण भए राँझा बिमानस्थल नेपालकै एक प्रमुख डोमेष्टिक बिमानस्थलका रुपमा बिकास हुनेछ ।

 

Nabintech