खजुरा बाँके: लम्बिनी प्रदेश सभाका मुख्य मन्त्रि लिला गिरीले लुम्बिनी प्रदेश स्तरीय प्राबिधिक बिश्वविद्यायलको आफनै भवन बन्ने प्रक्रियामा रहेकाले भवन भाडामा लिएर भएपनि विश्वबिद्यालयमा पठनपाठन शुरु गर्न निर्देशन दिएका छन ।
भवन निर्माणका निम्ति स्थान छनौट अन्तिम चरणमा रहेको भन्दै मुख्य मन्त्रि गिरीले भिसि बिनोद गलाल र रजिष्ट्रार रेग बहादुर भण्डारी लगाएत विश्वबिद्यालयका पदाधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन ।
बाँकेको खजुरा क्षेत्रमा विश्वबिद्यालय बनाउने भन्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्य मन्त्रि शंकर पोखरेलले खजुरा गाउपालिका ७ र ८ रनियापुरमा रहेको ११७ बिगाह क्षेत्रफलको जमिन समेत तय गरि सकेका थिए तर सरकारले लिजमा लिने प्रक्रिया भने बाँकि रहेको थियो ।
आज बुधवार उक्त क्षेत्रको अबलोकन गर्दै मुख्य मन्त्रि लिला गिरीले अहिले बिद्यमान कार्यबिधिमा स्थानिय सरकारसंग लिजमा लिई सञ्चालनमा आउने भन्दै प्रक्रियालाई यथाशिघ्र कार्यान्वयनको चरणमा लैजाने बताए ।
गिरीले आज खजुरा गाउपालिका वडा नं. ७ मा रहेको ३६ बिगाह र वडा नं. ८ मा रहेको ८१ बिगाह जग्गाको स्थलगत निरीक्षण समेत गरेका छन ।
विश्वबिद्यालय बन्ने स्थलमा १ बिगाह जति जमिनमा घर टहरा रहेको र अधिकांस जमिन ऐलानी समेत रहेकाले बसोबास गर्दै आएकाहरुको पुर्जा सहितको थातबासको ब्यबस्था गरि उक्त स्थानमा विश्वबिद्यालयका लागि आबश्यक संरचणाहरुको निर्माण गरिने बताए ।
स्थलगत निरीक्षणमा संघिय सांसद सुर्य प्रसाद ढकाल, प्रदेश सांसद रत्न खत्रि, खजुरा गाउपालिकाका अध्यक्ष डम्मर बि.क निर्बतमान अध्यक्ष किस्मत कुमार कक्षपति, मुख्य मन्त्रिका सल्लाहकार गोपाल गिरी, विश्वबिद्यालयका भिसि विनोद कुमार गलाल, रजिष्ट्रार रेग बहादुर भण्डारी लगाएत बिभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
आजै नेपालगञ्जमा विश्वबिदालयको सिनेट बैठक बस्ने कार्यक्रम रहेको कुलपति समेत रहेका मुख्य मन्त्रिका प्रेस संयोजक टिका बस्नेतले कोहलपुर टाईम्सलाई बताए ।