११ मंसिर २०८१, मंगलवार
९९ जनामा कोरोना संक्रमण पुष्टि

हाल देशभर कोरोनाका ३७३ जना सक्रिय संक्रमित रहेका छन्


  • टाइम्स संवाददाता

  • २४ चैत्र २०७९, शुक्रबार १९:०४

काठमाडौं: नेपालमा आज ९९ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ६३५ नमुनाको परीक्षण गर्दा एकैदिन ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१ हजार ४५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५८ जनामा र १७७ जनाको पिसिआर परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो। यही अवधिमा २६ संक्रमित निको भएका छन्।

हाल देशभर कोरोनाका ३७३ जना सक्रिय संक्रमित रहेका छन्। शुक्रबार काठमाडौं उपत्यकामा रहेका कोरोना संक्रमितमध्ये १७ जना संस्थागत आइशोलेसनमा छन्। ४ जना आइसियूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत एक दिनको अवधिमा १७ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले खोप लगाउन अनुरोध गरेको छ।

खोप नलगाएका सबैले नजिकैको स्वास्थ्य संस्थाबाट पहिलो, दोस्रो वा बुष्टर मात्रा आवश्यकताअनुसार लगाउन स्वास्थ्य मन्त्रालयले भनेको छ। कोरोनाका लक्षणहरु देख्नेबित्तिकै परीक्षण गराएर आइशोलेशनमा बस्न अनुरोध गरेको छ।

 

Nabintech