१० मंसिर २०८१, सोमबार
सत्ताको खिचातानीले लुम्बिनी प्रदेशमा बजेट कार्यान्वयनमा समस्या

फागुन मसान्तसम्म जम्मा १२ अर्ब ४२ करोड १ लाख खर्च


  • टाइम्स संवाददाता

  • २५ चैत्र २०७९, शनिबार ०९:०४

काठमाडौं :लुम्बिनी प्रदेशमा सत्ताको खिचातानीले बजेट कार्यान्वयनमा समस्या देखिएको छ । दलहरूबिचको खिचातानीले सरकार कति समय टिक्छ भन्नेमै आशङ्का हुँदा त्यसको असर बजेट कार्यान्वयनमा देखिएको छ ।
आर्थिक वर्ष सकिन ४ महिना बाँकी छँदा विकास खर्च निकै कम रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिक सम्मको पुँजीगत बजेटको खर्च जम्मा २४.६६ प्रतिशत छ ।
चालु आर्थिक वर्षका लागि छुटाइएको २४ अर्ब ६३ करोड १९ लाख रुपैयाँ बराबरको विकास बजेटमध्ये फागुन मसान्तसम्म जम्मा ६ अर्ब ७ करोड खर्च भएको छ । चालुतर्फ ३५ प्रतिशत र पुँजीगततर्फ २४ प्रतिशत गरी जम्मा २९ प्रतिशत खर्च भएको छ ।
८ महिनामा जम्मा ६ अर्ब ७ करोड ५१ लाख विकास बजेट खर्च भएकाले देखिन्छ । अब चार महिनामा बाँकी १८ अर्ब रुपैयाँ खर्च हुनेमा विश्वास गर्न नसकिने लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका सहप्राध्यापक तथा अर्थशास्त्री माधव कुमार पौडेल बताउँछन् ।
प्रदेशको सरकारको अस्थिरताले स्वाभाविक रूपमा विकास काम तथा ठुला परियोजना कार्यान्वयनमा समस्या भएपछि बजेट खर्च कम भएको उनको भनाइ छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका प्रमुख दीपक ज्ञवालीले प्रदेशको कुल बजेट ४२ अर्ब ६३ करोड ५७ लाखमध्ये फागुन मसान्तसम्म जम्मा १२ अर्ब ४२ करोड १ लाख खर्च भएको बताए । यो कुल बजेटको २९.१३ प्रतिशत हो । गत वर्ष सोही अवधिमा ३६.४६ प्रतिशत बजेट खर्च भएको उनले बताए ।
Nabintech