२९ असार २०८१, शुक्रबार
नेपाल पूर्व प्रहरी संगठनको पहिलो साधारण सभा कोहलपुरमा

  • टाइम्स संवाददाता

  • २५ चैत्र २०७९, शनिबार १४:१५

कोहलपुर,बाँके:नेपाल पूर्व प्रहरी संगठन कोहलपुरको पहिलो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार कोहलपुर रेडक्रसको सभाहलमा सम्पन्न भएको छ । कोहलपुर नगरपालिकामा रहेका पूर्व प्रहरीहरुको भेलालाई कार्यक्रमका प्रमुख अतिथी एबं ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले सम्बोधन गर्दै प्रहरी बर्दिमा हुदा होस वा सिभिलमा समाजमा केहि गतल भएको छ भने त्यसलाई रोकथाम गर्ने जिम्मेवार सबै प्रहरीहरुको रहेको बताए ।

उनले समाज सुधार गर्ने काम बर्दि लगाएको प्रहरीलेमात्र गर्नुपर्छ भन्ने होईन अझ बढि पूर्व प्रहरीको जिम्मेवारी पनि रहे्को बताए । कोहलपुरलाई सभ्य र शान्त बनाउने काम सबै कोहलपुरबासीको रहेको बताएका प्रमुख अतिथी तिवारीले सबै तह र तप्काबाट हातेमालो गरे मात्र यो संभव हुने जिकिर गरे ।

कार्यक्रममा पूर्व प्रहरीहरुले कुनै काल खण्ड र समयमा देशमा केहि असहज अबस्था आई परेको खण्डमा नेपाल सरकारले आफुहरुलाई बोलाए आफुहरु देशका लागि लड्न तयार रहेको समेत बताएका थिए । उनीहले सरकारले पछिल्लो समय समाजमा बिभिन्न असामाजिक क्रियाकलापहरु बढ्दै गएको हुदा यसलाई नियन्त्रण गर्नकालागि आफुहरु प्रहरीसंगको सहकार्यमा काम गर्न तयार रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष यमबहादुर गैरेले आजको आबश्यकता भनेको सबै एक जुट हुने हो । कोही पनि एक्लै एक्लैको प्रयास सफल नहुने भन्दै एक भए मात्र सबै कुराको समाधान भएको हुदा पूर्व प्रहरीहरुले पनि समाजमा केहि उदाहरणिय कामहरु गर्नुपर्नेमाजोड दिए । कार्यक्रममा जेष्ठ पूर्व प्रहरीहरुलाई सम्मान समेत गरिएको थियो ।

Nabintech