१० मंसिर २०८१, सोमबार
कोहलपुर क्षेत्रका अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी

सडक केन्द्रबाट दायाँबायाँ दुवैतर्फ २५/२५ मिटर भित्रका संरचना हटाइने


  • टाइम्स संवाददाता

  • २६ चैत्र २०७९, आईतवार १२:२२

कोहलपुर:कोहलपुर नगरपालिका क्षेत्रमा सडक सीमा अतिक्रमण हटाइने भएको छ । त्यसका लागि कोहलपुर नगरपालिका र सडक डिभिजन कार्यालय नेपालगन्जले ३५ दिने सूचना जारी गरेका छन् । सडक डिभिजन नेपालगन्ज अन्तर्गत रत्न राजमार्गको कोहलपुर नगरपालिकाको सीमा क्षेत्र वडा नं. १४ को पार्वतीपुरदेखि वडा नं.१ को बानियाभार जोड्ने पुल तथा पूर्व पश्चिम राजमार्गको वडा नं.१३ रोहिनी खोलादेखि वडा नं.३ जोड्ने मैटहवासम्मको सडक केन्द्रबाट दायाँबायाँ दुवैतर्फ २५/२५ मिटर भित्रका संरचना हटाइने भएको हो ।

सार्वजनिक हित प्रतिकूल हुने गरी राखिएका निर्माण सामाग्री, व्यवसायीक सामानहरु, अतिक्रमित गरी निर्माण गरिएका स्थायी वा अस्थायी संरचनाहरु सूचना सार्वजनिक भएको मिति (२०७९/१२/२४) देखि ३५ दिनभित्र हटाउन आग्रह गरिएको कोहलपुर नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिनुभयो । उक्त अवधिभित्र अतिक्रमित संरचना नहटाए कार्यालयबाट हटाइने र त्यसबाट हुने क्षतीको जिम्मेवार सम्बन्धित व्यक्ति आफै हुनु पर्ने र हटाउँदा लाग्ने खर्च पनि सडक ऐन २०३१ को दफा १९(३) बमोजिम सम्बन्धित व्यक्तिबाट असुल उपर गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

Nabintech