१२ बैशाख २०८१, बुधबार
प्रदेश सरकार लगानी बढाउँदै, कोहलपुरमा पन्ध्र शैय्याको आयुर्वेद अस्पताल

लुम्बिनी प्रदेशमा बाँकेको नेपालगन्ज कोहलपुर ,नवलपरासी , पाल्पामा र बुटवलमा आयुर्वेद अस्पताल निर्माण भैइरहेका छन


  • सरला सुबेदी

  • १ बैशाख २०८०, शुक्रबार ०८:३५

सरला सुबेदी

नेपालगञ्ज,बाँके: स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले बाँके जिल्लामा थप स्वास्थ्य संरचना बनाउन थालिएको छ । नेपालगन्ज र कोहलपुर भनेको सुदुरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका अधिकतम् मानिसहरु स्वास्थोपचारको लागि आउने ठाउँ हो । बाँके जिल्ला तीन प्रदेशको केन्द्रबिन्दु भएकोले पछिल्लो समय प्रदेश सरकारले बाँके जिल्लाको कोहलपुरको लागि १ करोड ४० लाख बिनियोजन गरेको र नेपालागन्जमा आयुर्वेद औषधालयको लागि ३ करोड बजेट बिनियोजन गरेको छ । तीन प्रदेशको केन्द्रबिन्दु रहेको बाँके जिल्लाका आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो ।

नेपालगन्जमा पन्ध्र शैय्याको र कोहलपुरमा पन्ध्र शैय्याको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण गरिएपछि यहाँका नागरिक निकै उत्साहित भएका छन् । पछिल्लो समय कोरोना कहर सुरु भए सङ्गै आयुर्वेद र प्राकृतिक उपचारमा मानिसहरु को आकर्षण बढ्दै गएको छ ।
यस्तै आयुर्वेद तथा प्राकृतिक उपचार गरिरहेका कोहलपुर ११ का स्थानिय रमेश प्रसाद श्रेष्ठ नसा सम्बन्धि बिरामी हुन उनि पनि यो अस्पताल निर्माण हुदा निकै खुसी छन् ।

दुइ दसक देखि नसा रोगले ग्रसित बिरामि रमेश श्रेष्ठ

दुई दशक देखि नसा दुख्ने समस्याले सताएपछी उनले नेपाल मात्र नभैइ भारतको लखनउका विभिन्न अस्पतालमा उपचार गराए धेरै पैसा खर्च गरे तर निको नभएपछी पुन निराश भएर घर फर्के . बुढा भएका आमाबाबुको सेवा गर्नुपर्ने बेला आफ्नो यो अवस्था हुदा निकै दुखि भए . नजिकको तिर्थ हेला भनेझै भयो कोहलपुरमा आयुर्वेद औषधालय भएको ख्याल नै गरिएन पछी सबैतिर देखाउदा निको नभए पछी घर नजिकैको आयुर्वेद जान थाले . कोहलपुर ११ बगियामा रहेको आयुर्वेद औषधालयको औषधि सेवन गर्न लागेपछी त्यहाँको औषधि सेवन अनि प्राकृतिक पद्धतिले उपचार गर्न लागेपछि आफू निको भएको बताउछन् । बाहिर डाक्टरले छोए पैसा तिर्नु पर्ने तर यहाँ निशुल्क रुपमा औषधि पाइने हुँदा म जस्ता बिपन्न व्यक्तीहरुलाई धेरै राहत मिल्ने गरेको बताउछन् ।

यस्तै कोहलपुर १२ निवासी अमृता शर्मा आफ्नो तीन बर्षको छोरालाई रुघाखोकी र छातिघाटिको समस्या कहिले कुन डक्टर कहिले कुन हस्पिटल लिएर जाने तर २० को १९ नहुदा अन्तमा आयुर्वेद औषधि प्रयोग गर्दा छोराको स्वास्थ निको भएको बताउछिन् । उनले आयुर्वेद अस्पताल कोहलपुरमा सन्चालन हुनु निकै राम्रो र स्वागतयोग्य भएको बताईन। कोहलपुरमा सरकारी आयुर्वेद औषधालय एउटामात्र छ तर निजि स्तरमा संचालनमा ल्याइएका आयुर्वेद औषधि पसलहरु केही मात्रामा छन् ।

पहिले संघको मातहतमा संचालित कोहलपुर आयुर्वेद औषधालय २०७४ सालपछी पुर्ण रुपमा कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको छ। कोहलपुर आयुर्वेद औषधालयले नगरका विभिन्न वडाहरुमा शिविर संचालन गर्दै आएको छ । शिबिर सन्चालन अनि कोरोनाको कहर सुरु भएदेखी बिरामिहरु खोज्दै खोज्दै यहाँसम्म आउनेको चाप बढेको बताउछन् शाखा प्रमुख उदिप श्रेष्ठ । उनले दैनिक २५–३० जना सबै उमेर समुहका बिरामी यहाँ आउने औषधि लिएर जाने गरेको बताउँछन् ।

उनले आयुर्वेद सेवालिन धेरै जसो पेट सम्बन्धि समस्या भएका नसा सम्बन्धी समस्या भएका बाथरोगिहरु आउने गरेको बताए । रुघाखोकी , नसा, पायल्स फिस्टुलाका रोगिहरु बढी आउने गरेको र यस आयुर्वेद औषधालयबाट २३ प्रकारको औषधि निशुल्क पाइने ओपिडी सेवा , बच्चा जन्मेको ५ महिनासम्मको बच्चालाई सपोर्ट हुने गरि स्तनपाई सेवा कार्यक्रम , जेष्ठ नागरिकहरुको लागि स्वास्थ्य प्रबर्द्धन कार्यक्रम त्यस अन्तर्गत रसायन औषधी इमिन्युटी पावर बढाउने कार्यक्रम , अनि बाथको समस्या भएकाहरुको लागि पन्चकोष कार्यक्रम अन्तर्गत पुर्वक्रम सेवा स्टिमबाथ हातखुट्टा दुख्ने , नसासम्बन्धी समस्या भएका बाथरोगिहरुको लागि दुई प्रकारको सेवा दिईरहेको बताएका छन् ।उनले यहाँ आएका बिरामिहरु सन्चो भएर फर्कदा आफूहरुलाई सन्तोष मिल्ने गरेको बताउछन् भने बिरामिको चाप अनुसार औषधि कहिले काहिँ नपाउदा बिरामीहरु फर्किदा दुखित हुनु परेको बताउछन् ।

कोहलपुर आयुर्वेद अस्पतालका बिरामिहरु अब सामुदायिक प्राकृतिक आयुर्वेद अस्पतालको सेवा समेत लिन पाउनेछन् हाम्रो काम अनि बिरामिलाई दिने सेवामा समन्वय हुनेछ मिलेर नै काम गर्ने उनले बताए। उनले सामुदायिक आयुर्वेद प्राकृतिक चिकित्सालय संचालनमा आएपछी यताका बिरामी जो भर्नानै गर्नु पर्ने हुन्छन् तिनिहरुलाई त्यहाँ रिफर गरिने बताए। उनले यहाँबाट हामिले सबै सेवा फ्री मा नै दिएका छौ त्यसैले त्यहाँको सेवा पनि सौलियतमा भयो भने बिरामिहरुको आकर्षण बढ्ने कुरामा आफू बिश्वस्त रहेको बताउँछन् ।

कोहलपुरको सामुदायिक आयुर्वेद एवम् प्राकृतिक अस्पताल २०७५ सालबाट निर्माण सुरु गरिएको २०७९ मा आएर भवन निर्माण कार्य सम्पन्न भएको छ। भवन २ तलाको छ भने कोठा २४ वटा रहेका छन् । जसमा उपचारको लागि १५ वटा रुम प्रयोग गरिने र बिरामीको चाप हेरेर थपघट समेत गर्न सकिने सामुदायिक आयुर्वेद एवम् प्राकृतिक अस्पताल कोहलपुरका अध्यक्ष नमप्रसाद शर्माले बताएका छन् । अस्पताल सञ्चालनमा आएपछि यहाँका मात्र नभएर अन्य देशका नागरिकहरुपनी लाभान्वित हुनेछ्न ।

नम प्रसाद शर्मा सामुदायिक प्राकृतिक आयुर्वेद चिकित्सालयका अध्यक्ष

उनले अस्पतालको संरचना व्यवस्थित छ, अब स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत विशेषज्ञसहितको दरबन्दी, उपकरण तथा औषधिलगायत सामाग्रीको व्यवस्था गरी सेवा दिनुपर्ने बताए। उनले अस्पताल सन्चालनको लागि आयुर्वेद डाक्टर १जना, प्राकृतिक डाक्टर १ जना, वैद्य १ जना , कबिराज १ जना थेरापिस्ट महिला४ पुरुष ४ कार्यलय सहयोगी १, माली १ कपडा धुने २ गार्ड २ जना राख्ने तयारी भैइरहेको र त्यसको लागि अस्पताल व्यवस्थापन समिती बिच छलफल चलेको बताउदै प्रदेश सरकारको र स्थानिय सरकारको पुर्ण सहयोगको अपेक्षा समेत गरेका छन् ।

उनले बिरामिहरुको सेवा सरकारी अस्पतालको जस्तै कम शुल्कमा गरिने बताए। प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिना औषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिने र विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने बताए।

आयुर्वेद अस्पतालले स्वास्थ्य क्षेत्रमा एउटा महत्वपुर्ण कार्यको सुरुवात गरेको र आयुर्वेद चिकित्सा पद्धतिलाई आमनागरिकसम्म पुर्याउन अस्पतालले सहयोग गर्ने विश्वास व्यक्त गर्दै । उनले अहिले आयुर्वेदको बारेमा राष्ट्रिय र अन्तरर्राष्ट्रिय स्तरमा चर्चा, यसको वैज्ञानिकता बारेमा बहस भैरहेको छ । यसलाई सबैले स्वीकार गरेका छन् । आयुर्वेद बैज्ञानिकतामा आधारित छ । प्राकृतिक पद्धतीमा आधारित छ । यसको कमभन्दा कम साईड इफेक्ट छ । प्राकृतिक स्तरबाटै औषधी निर्माण गरिएको छ । आयुर्वेद उपचार पद्धतिले बेजोड उपचार र रोगलाई रोक्ने सुनिश्चितता गर्छ भन्ने कुरा संसारले मानेको छ ।’ नेपालमा आयुर्वेद उपचार पद्धति र अध्यापन बढ्दो क्रममा छ । सरकारले यसलाई प्राथमिकतामा राख्नु पर्ने धारणा समेत व्यक्त गरे ।

आयुर्वेद अस्पतालले बाँके जिल्ला मात्र नभएर देशभर र छिमेकी राष्ट्रका बिरामिलाई सेवा पुर्याउन सक्यो भने सस्तो, छिटो, छरितो र कम नकारात्मक असर पर्ने पद्धति भएकोले नेपालको स्वास्थ्य क्षेत्रमा यसले ठूलो योगदान पुर्याउन सक्छ । आम–मानिसको जनजीवनमा पनि ठुलो प्रभाव पार्छ । ‘अस्पतालाल अत्यन्त सफा र शान्त वातावरणमा रहेको छ यही स्तरलाई निरन्तरता दिदैं सञ्चालन हुन सकेमा आम समुदायमा राम्रो सन्देश जान्छ । ‘स्वस्थ नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ सेवाभावले अस्पतालको निर्माण गरिएको बताउदै उनले ‘आयुर्वेद नेपाल जस्तो देशका लागि निकै महत्वपुर्ण साबित बन्नेछ । नेपालमा अझैँ दुर्गम, ग्रामीण क्षेत्रहरु धेरै छन् । आर्थिक अवस्था कमजोर भएकामाहरुको संख्या धेरै छ । उनीहरुले सही रुपमा उपचार पाईरहेका छैनन् । हामी जडीबुटीमा सम्पन्न देश हौं । हाम्रो वरपर भएका जडिबुटी नै उपयोगी छन् । यही कुरा स्थापित गराउन हामीले आयुर्वेद अस्पताल गराउने निर्णय गरेका हौं ।’

आयुर्वेद क्षेत्रमा उच्च स्तरको सेवा दिदैं नागरिकमा आयुर्वेद प्रति सकारात्मक प्रभाव पार्न सफल हुने विश्वास गरेको बताए । यस्तै अस्पताल निर्माणका आगि निवर्तमान प्रदेश सासद आरती पौडेल हुँदा उहाँकै पहलमा क्षेत्र बिकास कार्यक्रमका लागि ९० लाख ,प्रदेश सामाजिक बिकास मन्त्रालय बाट ५०, कोहलपुर नगरपालिकाबाट पटक पटक गरेर ७४ लाख , संघीय माननिय महेश्वर गहतराजबाट ३० लाख र सस्थाको आजिवन सदस्यहरुबाट २४ लाख रकम गरि जम्मा २करोड ४२ लाखको लागतमा अस्पताल निर्माण गरिएको बताए।

यस्तै लुम्बिनी प्रदेश स्वास्थ मन्त्रालयका जनस्वास्थ अधिकृत अर्जुन प्रसाद ढकालले अस्पताल निर्माण सम्पन्न गर्नु मात्रै उपलब्धी नभई यसको सही सदुपयोग र रेखदेख र सरक्षण गर्न सके मात्रै स्थानीय तहका लागि उपलब्धी हुने बताए। उनले यस आयुर्वेद प्राकृतिक पद्दतिले मानव स्वास्थ्यमा असर नगर्ने भएकाले आयुर्वेद उपचार थप प्रभावकारी बनाउन सारेकारवाला सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले लुम्बिनी प्रदेशमा बाँकेको नेपालगन्ज कोहलपुर ,नवलपरासी , पाल्पामा र बुटवलमा आयुर्वेद अस्पताल निर्माण भैइरहेको बताए।

 

Nabintech